- Loading...
ओली समुहको वृहत जिल्लास्तरिय कार्यकर्ता भेला
- पुनहिल डट कम
- ४ साल अघि
- ४१६ पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समुहले शनिवार सदरमुकाम बेनीमा बृहत जिल्ला स्तरिय कार्याकर्ता भेला गरेको छ ।
साविक नेकपाका पोलिटब्युरो इन्चार्ज एवं गण्डकी प्रदेश इन्चार्ज रहेका गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा थममायाँ थापा, भुपेन्द्र थापा, हरीकृष्ण श्रेष्ठ, नरदेवी पुन, नवराज शर्मा, सन्तोष रावल, सुरत केसी, प्रमोद श्रेष्ठसमेत पूर्व एमालेका प्राय: नेता उपस्थित थिए ।
प्रचण्ड–माधव समुहमा रहेको प्रचार गरिएका दिपक कार्की र राजकुमार थापा मगर पनी ओली समुहको भेलामा सहभागी भै कित्ता प्रश्ट पारेका छन । नेकपाको समुह विभाजनपछि पूर्व एमाओवादी धारका पुस्कर विक, शुभास विक, कुमार किसान, भुपेन्द्र वुढाथोकी समेतका कार्यकर्ता ओली समुहमा सहभागी छन ।
त्यसैगरी ओली समुहको भेलामा धौलागिरी, मंगला गाउँपालिकाका अध्यक्ष थमसरा पुन, सतप्रसाद रोका, उपाध्यक्ष रेशम छन्त्याल समेत अधिकांश वडाध्यक्ष र बेनी नगरपालिका सवै पूर्व एमालेबाट विजयी वडाध्यक्षहरु सहभागी भएका थिए । तर ओली समुहको भेलामा रघुगंगा र अन्नपूर्ण गाउँपालिकाबाट भने केही बाहेक जनप्रतिनिधी र कार्यकर्ता सहभागी भएनन । यी गाउँपालिकामा नेकपा प्रचण्ड–नेपाल समुहको भेलामा पनि कोही सहभागी भएका थिएनन ।
भेलाका प्राय: सवै वक्ताले शब्द फरक तर एउटै भनाई राखे, ‘माधव–प्रचण्ड समुहले सरकारको काममा सँधै भाँजो हालेको, सरकारलाई काम गर्न अवरोध गरी वदनाम गराउन खोजेको र सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि बाध्य भै सरकारले संसद विघटन गर्नु परेको भन्दै आफ्नै समुह आधिकारिक नेकपा भएको दावी गरे ।
नेकपा म्याग्दीका सचिव एवं ओली समुहका केन्द्रीय सदस्य रहेका हरीकृष्ण श्रेष्ठले भेलाले ८ वुँदे प्रस्ताव पनि पारित गरेको बताए ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
