FLASH NEWS
  • Loading...

बाबुको वार्षिक श्राद्धसँगै विद्यालयलाई ‘मट्टीदान’

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २५२ पटक पढिएको
बाबुको वार्षिक श्राद्धसँगै विद्यालयलाई ‘मट्टीदान’

धौलागिरी गाउँपालिका, ७ धारापानी स्थित किसानी माध्यामिक विद्यालय भवन पुन:निर्माण गर्न यहाँको एक परिवारले स्वर्गिय बाबुको वार्षिक श्राद्धसँगै ६ रोपनीबढी जग्गा विद्यालयलाई ‘मट्टीदान’ गरेको छ ।
भुमिगत पहिरोले पुन:प्रयोग गर्न नमिल्नेगरी पुरै विद्यालय भत्केपछि धारापानी पुख्यौली घर भै हाल रुपन्देहीको भैरहवामा बसोवास गर्दै आएका चक्रवहादुर, पूर्णप्रकाश थापा र बहिनीहरु सुवा तथा मना खत्रीले आमा कुन्ता थापा र बाबा चन्द्रबहादुरको शुक्रवार ‘बार्षिक श्राद्ध/एकोद्दिष्ट’ पारी प्रचलित ४० लाख मुल्य वरावरको ६ रोपनी जग्गा विद्यालयलाई ‘मट्टीदान’ गरेका हुन ।
ढाडटोल स्थित सार्वजनिक जग्गामा निर्मित विद्यालय भत्केपछि सुरक्षित स्थानमा सार्न जग्गा खोजी हुँदा थापा परिवारले उक्त मुल्यवान जग्गा विद्यालयलाई उपलब्ध गराएको हो ।
‘जग्गा विद्यालयको नाममा आउन कागजी प्रकृयासँगै आज (शुक्रवार) परिवारले स्व चन्द्रबहादुरको बार्षिक श्राद्धको अवसरमा धार्मिक विधी अनुसार विद्यालयलाई मट्टीदान गर्नु भएको छ । अन्य साँधियारले पनि विद्यालयलाई जग्गा दिनु भएको छ’ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष किरन थापाले भने, ‘अव वल्न विद्यालय भवन समेतका पूर्वाधार निर्माण गर्न श्रोत खोज्न सजिलो भएको छ ।’
त्यसैगरी सोही जग्गासँग जोडिएको चन्द्रप्रकाश थापा, लालबहादुर थापा र तुलबहादुर थापाले छुट्टै करिव १५ लाख मुल्यको २ रोपनी जग्गा विद्यालयलाई दान गरेका छन । सडकदेखी विद्यालयसम्म पुग्न स्थानीय वेदप्रसाद, सूर्य, केशर, खिमदल, मनबहादुर, चन्दू, महादेव थापा र तेजप्रकाश पुर्जाले पनि करिव २ रोपनी जग्गा विद्यालयलाई दान गरेका छन ।
समुदायले पनि सवै भन्दाबढी ‘मट्टीदान’ गरेका जग्गादाताको सम्मानमा साविकको किसानी माविको नाम परिवर्तनगरी ‘किसानी चन्द्रकुन्ता’ माध्यामिक विद्यालयको नामाकरण गर्ने भएको छ । ं
जग्गादाता चक्रबहादुर र क्या. पूर्णप्रकाश थापा दाजुभाई भारतिय सेनावाट सेवा निवृत्त हुन । ०४५ सालमा तराई बसाई झरेको हो । थापा दाजुभाई हाल रुपन्देहीको मायादेवी गाउँपालिका, ६ वेतरीमा बसोवास गर्दै आएका छन । थापा परिवार तराई वसाई सराई गरेपनि पुख्यौली थलोको सवै जग्गाजमिन सगोलमै भएकोले दाजुभाई दिदीवहिनी मिलेर जग्गा विद्यलयलाई दिएका हुन ।
‘स्वर्गिय पितामाताको पुण्यतिथीमा मट्टीदानको संकल्पगरी विद्यालय भवन निर्माणको सुरुआत गरेका छौं । भवन समेतका अन्य पूर्वाधार निर्माणमा हाम्रो साथ एवं सहकार्य अवश्य हुन्छ’ जग्गादाता चक्रबहादुर थापाले भने, ‘यो वर्ष छोराछोरीले भवन अभावमा कष्ट झेल्नु परेपनि अर्को वर्ष आफ्नै भवनमा बसेर पढ्ने छन । सामाजिक काम सवैको मन ठूलो नभै पुरा हुँदैन ।’
धारापानीको किसानी माविलाई मात्र होईन थापा परिवारले तराई झरेपछि वेतरी स्थित हालको श्री तिनाउ माध्यामिक विद्यालय (१०) पनि आफ्नो १ कठ्ठा जग्गादान र २ बर्ष निशुल्क अध्यापन गरी प्राथमिक तह स्थापना गरेका हुन । वेतनीको प्रगतिशल आमा समुह र ओमशान्ति भवन निर्माणको नेतृत्व गरेका थापा दाजुभाई पुख्यौली थलोमा पन दर्जनबढी सामाजिक काममा सकृय छ ।
‘हामी तराई झर्दा वेतरी क्षेत्रमा सामान्य प्राथमिक तहको विद्यालय पनि थिएन । हामीले नै जग्गा र रकम दिएर वस्तीमा विद्यालय खोलेका हौं । भारतिय सेना निवृत्त भएपछि जर्मन पुगी ७ बर्ष बर्षे, फर्केर अहिले सामाजिक क्षेत्रमा छु’ सामाजिक कार्यकर्ता थापाले भने, ‘दुवै भाई सँगै तराई झऱ्यौं, संगै वस्छौं, छोराछोरी युरोप तिर भएकोले सामाजिक काममा जुट्न फुर्सद पनि छ ।’
भुमिगत पहिरोले क्षतिग्रस्त विद्यालय पुनर्निमाण नहुँदा यहाँको एक विद्यार्थी चिसो सिरेटोमा पनि बाहिर चौरमा बसेर पढ्न बाध्य छन । गत असार २६ गतेको भिषण बर्षापछि गएको पहिरोले पूर्ण रुपमा क्षतिग्रस्त विद्यालय भवन पुनर्निमाण नहुँदा धौलागिरी गाउँपालिका, ७ धारापानी स्थित किसानी माध्यामिक विद्यालयका शिक्षक/विद्यार्थी यस चिसो मौषममा पनि बाहिर चौरमा बसेर अध्ययन/अध्यापन गर्न बाध्य भएका हुन ।
‘विद्यालय भवन पूर्णरुपमा क्षतिग्रस्त छ । विद्यार्थी कक्षामा राखेर पढाउन सकिने अवस्था नै छैन । ५ महिनादेखी विद्यार्थीलाई चौरमा राखेर पठाईरहेका छौं’ प्रधानअध्यापक ध्रुवबहादुर भण्डारीले भने, ‘तत्काल साविक विद्यालयको खेल मैदानमा जस्तापाताको छाप्रो राखी पढाई गर्ने र आगमी दुई बर्षभित्र नयाँ भवन निर्माण गर्ने लक्ष्य राखेका छौं ।’ प्रअ भण्डारीले थपे, ‘विद्यालयको नाममा आफ्नै जग्गा प्राप्ती भएपछि विद्यालय भवन समेत अन्य संरचना निर्माण गर्न श्रोत खोज्न र दातालाई पनि बजेट विनियोजन गर्न सजिलो भएको छ ।’
१० कक्षासम्म अध्ययन/अध्यापन हुने विद्यालयमा २ सय ८० जना विद्यार्थी अध्ययनरत छन । मावि तहका तीन जना राहत शिक्षक समेत १३ जना शिक्षक तथा कर्मचारी रहेका छन ।
‘भर्खरै नयाँ भवन बन्न सक्ने छैन । जस्तापाताको अस्थाई छाप्रो बनाउन पनि विद्यालय एक्लैले नसकेपछि गाउँपालिकालाई गुहारेका छौं’ ब्यवस्थापन समितिका अध्यक्ष थापाले भने, ‘हिउँदको कठ्याङ्ग्रीने जाडो, त्यसमाथी धौलागिरी हिमालबाट सोझै ठोक्किन आउने सिरेटोले आफ्नै छोराछारीलाई सास्ती भएको छ । जस्तापाताको छाना र जस्ताकै वार लगाएर अस्थाई विद्यालय बनाउने प्रयासमा छौं । ’
विद्यालयको १९ कोठे ढुङ्गेछाना भएको भवन बस्नै चमिल्ने गरी भत्किएको हो । कक्षा कोठाहरु धजाधजा भै फाटेका छन, भित्ता भत्केका र छाना दविएको छ । विद्यालयको छुट्टै चार कोठे आरसिसि भवन पनि चर्किको छ । चर्किको भएपनि यही आरसिसि भवनमा विद्यालयका कार्यालय समेत अन्य महत्वपूर्ण कागजात, सामाग्री राखिएको छ । छात्रा, छात्र र शिक्षक कर्मचारीका छुट्टाछुट्टै तीन वटा शौचालय पनि भत्केका छन ।