शिखका वडाध्यक्षको निधन

१७ पुष २०७७, शुक्रबार २०:२९ मा प्रकाशित (3 हप्ता अघि)
पुनहिल संवाददाता

अन्नपूर्ण गाउँपालिका, ५ शिखका काँग्रेसवाट निर्वाचित वडाध्यक्ष दिनेशकुमार तिलिजाको उपचारक्रममा पोखरामा मृत्यु भएको आफन्तले जनाएका छन ।
तीन महिनाअघि अचानक वेहोस भै ढलेपछि हेलिकोप्टरबाट उद्धारगरी पोखरा पुर्‍याईएका तिलिजाको थेरापीबाट उपचार भैरहेकोमा शुक्रवार दिउँसो मृत्यु भएको थियो ।
शिख माध्यामिक विद्यालयमा लामो समय अध्यापन गराएका तिलिजा रेडक्रस शिख उपशाखाका पूर्व सभापति पनि थिए । तिलिजाका एक श्रीमति २ छोरा र २ छोरी रहेका छन ।