FLASH NEWS
  • Loading...

बेनी संरक्षण काम सुरु गर्न बेनीबासीले सरकारलाई ज्ञापन पत्र बुझाए

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९४ पटक पढिएको
बेनी संरक्षण काम सुरु गर्न बेनीबासीले सरकारलाई ज्ञापन पत्र बुझाए

कालिगण्डकी र म्याग्दी नदीको कटानबाट जोखिमको चपेटामा परेको म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणको काम सुरु हुन ढिलाई भएको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन ।

बेनी बजार संरक्षणको लागि संघिय सरकारको उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्र्तगत जलस्रोत तथा सिचाई विभाग मार्फत रुपाताल एकिकृत विकास आयोजनाबाट कार्यान्वयन हुने गरि रु ३ करोड बजेट विनियोजन भएको छ । कालिगण्डकी नदीमा निर्माण गर्न लागिएको तटबन्ध योजनाको काम ढिला भएको भन्दै समयमै काम सम्पन्न गर्नकालागी सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएका हुन ।

कालिगण्डकी नदीको कटानबाट बजारलाई सुरक्षित राख्न दुबैतर्फ एकैपटक संरक्षणको काम सुरु गर्नुपर्ने भएपनि पर्वत तर्फ काम सुरु भएको तर म्याग्दीतिर काम नभएको संविधान सभा सदस्य रेशम बहादुर बानियाँले बताए । उनीहरुले  बजेट पनि कम भएपनि ग्याबिन लगाउने कार्य तत्काल सुरु गर्नका लागि सम्बन्धी निकायलाई आग्रह गरे ।

प्रत्येक बर्ष आउने बाढीले बेनी बजारका केही न केही भाग कटान गर्ने गरेको र प्रत्येक बर्ष संरक्षणको कार्य भएको भए पनि गत बर्ष देखी कम बजेट आएको, गत बर्ष गरिएको संरक्षणका काम पनि नदिले लगेको, यस बर्ष निमार्ण कार्य सकिने समयमा अझै सुरु नभएकाले बेनी बजार ठूलो क्षेती पुराउर्ने भएको सम्बन्धी निकायले समयमा निमार्ण कार्य थालनी गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

रुपाताल एकिकृत विकास आयोजनाका सब ईन्जिनियर बद्री भट्टराइले भने बेनी बजार संरक्षणको कार्य केही दिनमा नै सुरु हुने बताएका छन् । ‘बेनी बजार संरक्षणका लागि ठेक्का प्रक्रिया पनि पुरा भएको छ, हामीले एक हप्ता भित्र काम सुरु गर्न पत्र काटिसकेका छौँ’ ।