FLASH NEWS
  • Loading...

पुरुष मृत फेला

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०४ पटक पढिएको
Post Thumbnail

म्याग्दीमा  एक पुरुषको भीरबाट खसेर मृत्यु भएको छ ।

रघुगंगा गाउँपालिका-३ पौवा निवासी ६० वर्षीय टंकबहादुर शाही घरदेखी चार सय मिटर पर पारीचौरको भीरबाट १० मिटर तल रुखको जरोमा अल्झिएको अवस्थामा मृत फेला परेका हुन् ।

विहीबार राति शौचालय जान्छु भन्दै निस्केका शाही घर नफर्केपछि खोजी गर्ने क्रममा शुक्रबार बिहान ९.०० बजे मृत भेटिएको जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुवरले भने, ‘घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।’