FLASH NEWS
  • Loading...

९ महिनापछि मुस्ताङका होटल आन्तरिक पर्यटकलाई खुल्ला

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४४५ पटक पढिएको
९ महिनापछि मुस्ताङका होटल आन्तरिक पर्यटकलाई खुल्ला

कोरोना कहरले ९ महिनादेखी बन्द हिमालपारीको मुस्ताङका होटलहरु खुल्न थालेका छन । मुस्ताङ्गका ब्यवसायीले होटलहरु आन्तरिक पर्यटककालागी मात्र स्वच्छिक खुल्ला गरिएको बताएका छन ।
कोरोना भाईरस संक्रमण रोक्न सरकारले गरेको लकडाउनसँगै वन्द भएका मुस्ताङ्गका होटलहरु सरकारले लकडाउन हटाएपनि लक डाउन हटेपनि कोरोना संक्रमण प्रभाव न्यून परेको ‘ग्रीन जोन’ मा रहेका मुस्ताङ्गीले पर्यटकबाटै कोरोना जिल्ला भित्रने भन्दै बन्द थिए । होटल ब्यवसाय वन्द भएपनि दशैंसँगै पोखरा, काठमाण्डौ समेत लामो दुरीका सार्वजनिक यातायातका साधन छुट्दै आएका छन ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङ्गका अनुसार सदरमुकाम जोमसोमदेखी तलका होटल ब्यवसाय खुल्ला भएपनि अझै मुक्तिनाथ र उपल्लो मुस्ताङ्का होटलहरु भने अझै खुलेका छैनन । मुक्तिनाथ मन्दीरमा भक्तजनले बाहिरैबाट दर्शनगरी जोमसोम फर्कन सक्ने भएपनि मुक्तिनाथ क्षेत्रमा बास वस्न मिल्नेगरी खुलेको छैन ।
‘मुस्ताङ्का वन्द होटल ब्यवसयाहरु ९ महिनापछि औपचारिक रुपमा खुलेका छन । देशभरका सवै पर्यटन क्षेत्र खुल्ला भएपनि मुस्ताङ्गका मात्र बन्दहुँदा यात्रुहरुले विच बाटोमा आएर पनि फर्कनु परेको गुनासो बढेपछि हाम्रै समवन्ययमा ब्यवसाय खुल्ने निर्णय भएको हो’ मुस्ताङ्का प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले भनिन्, ‘मुक्तिनाथ भने अझै खुलेको छैन । केही दिनमा खुल्नेगरी छलफल गरिरहेका छौं ।’
कोरोना भाईरस चिसोमा बढी सक्रिय हुने, मुस्ताङ्गमा आईसियु, भेन्टीलेटर र अन्य उपचारको सुविधा नभएको तथा लामो समयदेखी वन्द होटलहरुमा अधिक चिसोको कारण कामदार फर्कन नसक्ने हुँदा अहिले पर्यटन क्षेत्र खुल्ला गर्दा पर्यटकले सास्ती पाउने मुस्ताङ्गका पर्यटन ब्यवसायीको भनाई छ ।


‘यो मुस्ताङ्ग भ्रमण गर्ने अफ सिजन हो । अफ सिजन र लामोसमयदेखी कोरोना कहरले बन्द भएकोले कामदार छैनन । र मुस्ताङ्गका होटल आन्तरिक पर्याटककालागी मात्र खुल्ला गरिएको हो । अझै विदेशी पर्यटकलाई भित्राउन सक्ने अवस्था छैन’ थासाङ गाउँपालिका, ४ घाँसा पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष  विक्रम गौचनले भने, ‘अफ सिजनमा आएका एकाध पाहुनालाई पो किन फर्काउनु भनेर आवश्यक स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै होटल खोल्ने निर्णय गरेका हौं ।’
कोरोना कहरले गर्दा प्राचिन समयदेखी नै हिउँदका चार महिना जाडो छल्न वेंशी झर्ने मुस्ताङ्गी यो वर्ष वेंशी झरेका छैनन । प्राचिनकालदेखी नै हिउँदका दिनमा वैंशी झरेर घुम्ती ब्यापार गर्दै आएका मुस्ताङ्गीको यो वर्ष क्रमभंगता भएपछि फुर्सदमा छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल