- Loading...
अरुणालाई जिताउन अभियान शुरु
- पुनहिल डट कम
- ४ साल अघि
- ३५३ पटक पढिएको

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपल्स च्वाइस विद्यामा मनोनयमा परेकी राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई जिताउन आर्थिक संकलन अभियान पोखरामा शुरु भएको छ ।
पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघ र कास्की जिल्ला भलिवल संघले अरुणालाई जिताउन पोखरामा एक कार्यक्रम गरि आर्थिक अभियान कार्यक्रमको सुरुवात गरेका हुन् । अभियानमा एकै दिन ३ लाख ८२ हजार ६५१ रुपैयाँ संकलन गरिएको छ । अरुणलाई पपुलर विधामा जिताउन विभिन्न व्यक्ति तथा संघ संस्थाले आर्थिक सहयोग गरेका छन । कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)का बोर्ड सदस्य राजेश कुमार गुरुङले खेलाडीलाई समस्या परेको बेला आफ्नो सहयोगको ढोका सदैव खुला रहेको बताए ।
उनले विगतमा पश्चिमाञ्चलले उत्पादन गरेका भलिवल तथा अन्य खेलका खेलाडीहरु विभागिय टिममा प्रवेश गर्दा गण्डकी प्रदेश कमजोर देखिएको बताउँदै अव उत्पादन हुने खेलाडीलाई प्रदेशमा टिकाई राख्न नयाँ कार्यक्रम तय गरिने बताए । उनले मनोनयनमा परेकी अरुणालाई जिताउन सबैलाई अपिल समेत गरेका थिए । कार्यक्रममा नेपाल भलिवल संघका केन्दिय सल्लाहाकार नारायण प्रसाद शर्माले गण्डकी प्रदेशकी चेली समेत रहेकी अरुणालाई जिताउन सवैलाई आग्रह गरे ।
पोखराको ज्ञानुवावा वोर्डिङका संस्थापक कृष्ण बहादुर गुरुङले खेलाडी उत्पादनमा भूमिका निर्वाह गर्ने विद्यालयलाई राज्यले कुनै सम्मान नर्गदा दुःख लागेको बताए । ज्ञानुवावा कुनैवेला नेपालको राष्ट्रिय भलिवल टिमका लागि अधिकांश महिला भलिवल खेलाडी उत्पादन गर्ने ‘क्विन अफ भलिवलको रुपमा चिनिन्थ्यो ।
भलिवल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले नेपालको भलिवल खेल विकासमा गण्डकीको अहम भूमिका रहेको बताउँदै अरुणालाई जिताउन सबैको सहयोगको खाँचो रहेको बताएका थिए । कार्यक्रममा विभिन्न संस्था तथा ब्यक्तिले आर्थिक सहयोग रकम संकलन गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
