Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

के हो नयाँ कोरोना भाईरस ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३५८ पटक पढिएको
के हो नयाँ कोरोना भाईरस ?

“के यो परिवर्तनले भाइरसको व्यवहार बदलिएको छ?” भाइरसको आनुवंशिक परिवर्तन वा म्यूटेशन सुन्दा डरलाग्दो लाग्छ। तर भाइरसको सामान्य प्रवृत्ति नै यसरी म्यूटेशन (उत्परिवर्तन) भएर फेरिइरहनु हो।

इङ्ग्ल्यान्डमा देखा परेको प्रकार कस्तो हो?

हालै इङ्ग्ल्यान्डको दक्षिणपूर्वी भागमा देखा परेको कोरोनाभाइरसको नयाँ स्ट्रेन अर्थात् प्रकार पुरानोभन्दा धेरै सङ्क्रामक भएको वा थप घातक भएको वा खोपप्रतिरोधी भएको कुनै स्पष्ट प्रमाण फेला परेको छैन। पहिलो त यो नयाँ स्वरूपको भाइरस धेरै सङ्क्रमण भइरहेका स्थानमा फेला परेका छन्। भाइरस म्यूटेशन भएर चाँडो र धेरै फैलिएको हुनसक्छ।

दुईवटा उल्लेखनीय म्यूटेशन भएका देखिन्छन् – तिनका नाम भने अलि जटिल छन्। दुवै परिवर्तन कोरोनाभाइरसको सतहमा देखिने तीखा ‘स्पाईक’ प्रोटीनमा भएका देखिन्छन्। यिनै स्पाईकको सहयोगले यो भाइरस हाम्रो शरीरको कोषमा टाँसिएर भित्र छिर्छन् र रोग लगाइदिन्छन्। पहिलो म्यूटेशन N501 भनिएको छ र यसले स्पाईकको सबभन्दा महत्त्वपूर्ण भागमा परिवर्तन ल्याएको छ। यही भागमार्फत् स्पाईकले हाम्रो शरीरको कोषमा पहिलो स्पर्श गर्छ। कोषभित्र छिर्न थप सजिलो बनाउने कुनै पनि यस्ता परिवर्तनले भाइरसलाई मद्दत पुग्छ।

अर्को म्यूटेशनको नाम “H69/V70 डिलिशन” छ जुन यसअघि धेरै पटक देखा परेको थियो। यही म्यूटेशन भएको भाइरस मिङ्क जनावरमा पनि देखिएको थियो। यो म्यूटेशन भएको भाइरसबाट सङ्क्रमित भएका बिरामीहरूमा कोभिडबाट निको भएका बिरामीको एन्टिबडी प्रयोग गर्दा प्रभावकारी नभएको चिन्ता व्यक्त भएका थिए।

कोरोनाभाइरसले मानिसलाई सही तरिकाले सङ्क्रमित पार्ने शैली विकास गर्ने क्रममा थुप्रै म्यूटेशन गरिरहेको छ।

नयाँ सँग डर

नयाँ प्रकारको कोरोनाभाइरस सुरुमा सेप्टेम्बरमा इङ्ग्ल्यान्डमा देखा परेको थियो। केही सातायता लन्डन, अनि पूर्वी एवम् दक्षिणपूर्वी इङ्ग्ल्यान्डमा सङ्क्रमणको दर बढ्नुमा यसैलाई दोष दिइएको छ।

नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा तीनवटा कारण अघि सारिएका छन्:

  • यसले अरू प्रकारका कोरोनाभाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ
  • यसमा देखिएको उत्परिवर्तनले भाइरसको महत्त्वपूर्ण मानिएका भागमा परिवर्तन गरेको छ
  • प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ।

यिनै कारणहरूले गर्दा भाइरसप्रति चिन्ता र चासो बढिरहेको छ । तर यो नयाँ प्रकारको भाइरस थप घातक भएको कुनै प्रमाण छैन। साथै विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएका छन्। source-bbc.com/nepali

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल