- Loading...
बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ जडान, अव जिल्लालाई आवश्यक अक्सिजन बेनीमै उत्पादन हुने
- पुनहिल डट कम
- ३ साल अघि
- २३८ पटक पढिएको
|????????????????????????????????????
बेनी अस्पतालले अक्सिजन प्लान्ट संञ्चालनमा ल्याएको छ ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पुर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट रु ६२ लाख ४० हजार लागतमा जिल्लामै पहिलोपटक अक्सिजन उत्पादन केन्द्र ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।
बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालका अनुसार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट विनियोजन बजेटमध्ये टेण्डर मार्फत रु ४२ लाखमा मेसिन तथा उपकरण खरिद गरिएको थियो ।
त्यसैगरि भवन समेत पूर्वाधार निर्माणमा मन्त्रालयबाटै ५ लाख, अक्सिजन भर्ने बुष्टर मेसिन उपकरण खरिद गर्न स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्र्तगत प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको सिफारिसमा रघुगंगा गाउँपालिकामा विनियोजन भइ खर्च हुन नसकेको करिब १४ लाख बजेटलाई परिचालन गरिएको र अपुग रकम अस्पतालले थप गरी १५ लाख ४० हजार खर्च भएको अध्यक्ष कटुवालले बताए । पाइप लाइन विस्तारको लागि सामाजिक विकास मन्त्रालयबाट यस बर्ष रु १० लाख बजेट विनियोजन भएको छ ।
अहिलेसम्म पोखराबाट अक्सिजन सिलिण्डर ल्याउने गरिएको थियो । अस्पतालमा जडान गरिएको ‘अक्सिजन प्लान्टमा अस्पताललाई दैनिक १० देखि १२ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सकिने जनाईएको छ ।