FLASH NEWS
  • Loading...

कोरोना ‘हव’ वन्दै जिल्ला प्रहरी कार्यालय

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९९ पटक पढिएको
कोरोना ‘हव’ वन्दै जिल्ला प्रहरी कार्यालय

जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका कन्ट्याक ट्रेसिङ र शंकास्पद विरामीबाट संकलन गरिएको स्वाबको पिसिआर परिक्षणको गर्दा पछिल्लो दुई दिनमा ९ जनामा कोरोना पुष्टी भएको छ ।
आईतवार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ जना र सोमबार थप ५ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टी भएको हो । आईतवार छुट्टै मंगला र मालिका गाउँपालिकामा एक–एक जनामा कोरोना संक्रमण भेटिएको थियो ।
यस अघि जिल्ला प्रहरी प्रमुख समेत क्वाटरको सवै टिम, कार्यालयका टुवाईसी, भान्से, चालक समेतमा कोरोना पुष्टी भएको थियो । स्वास्थ्य कार्यालयको रिपोर्ट अनुसार पछिल्लो दुई महिनायता स्वाबको पिसिआर परिक्षण गरिएका कन्ट्याक ट्रेसिङ र शंकास्पद विरामीमध्य कम्तीमा एक जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भेटिने गरेको छ । प्रहरी कार्यालयमा कार्यरत सवै कर्मचारीको स्वाव परिक्षण गर्न ५० प्रतिशतबढीमा कोरोना संक्रमण हुनसक्ने स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको आंकलन छ ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म म्याग्दीमा ४४ जना महिला समेत १ सय ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तिमध्य २१ जना सक्रिय संक्रमित आ–आफ्नो कार्यालय/घरमै ‘आईसोलेसन’मा बसेका छन ।