- Loading...
मुस्ताङको पर्यटन क्षेत्र खुलाउन माग
- पुनहिल डट कम
- ४ साल अघि
- २७९ पटक पढिएको

कोरोना भाईरसको त्रासले बन्द रहेको मुस्ताङको पर्यटन ब्यवसाय खुलाउन म्याग्दीका होटल ब्यवसायीले माग गरेका छन् ।
सबै क्षेत्रमा सुरक्षा रणनीति अपनाएर खुला भएको अवस्थामा बन्द रहेको मुस्ताङको पर्यटन क्षेत्र खुलाउन माग गर्दै होटल ब्यवसायीले प्रशासनसंग समन्वयको माग गर्दै ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई होटल ब्यवसायी संघ म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्यले बुझाएका छन् ।
बाहिरी जिल्लाबाट मुस्ताङ जान रोक लगाएका मुस्ताङबासी विभिन्न काममा जिल्लाबाहिर आवाजजावत तथा ब्यापार ब्यवसाय गर्ने कार्यहरु भईरहेको जानकारी गराउदै म्याग्दीसंगै जोडिएको मुस्ताङको धार्मिक तथा पर्यटकिय क्षेत्रमा पर्यटकलाई खुल्ला आवातजावतको ब्यवस्था मिलाउन लागि आग्रह गरेको अध्यक्ष आचार्यले बताए ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले– देशब्यापी रुपमा धार्मिक, पर्यटन, यातायात तथा सेवा क्षेत्र खुलेको अवस्थामा मुस्ताङमा स्वास्थ्य मापदण्ड पालना गरेर लगडाउनलाई हटाउन सहजीकरण गर्ने बताए । उनले गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय मुस्ताङलाई सरोकारवालाहरुलाई सहजकारीकरण गरेर छिटो पर्यटन क्षेत्र खुलाउन आग्रह गरेको बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
