१२ कक्षाको छुटेको परीक्षा पुस १६ देखि

१२ पुष २०७७, आईतवार १८:४४ मा प्रकाशित (3 हप्ता अघि)
पुनहिल संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कोभिड १९ सङ्क्रमणका कारण छुटेका विद्यार्थीहरुका लागि १६ पुसदेखि कक्षा १२ को पुनः परीक्षा गर्ने तालिका सार्वजनिक गरेको छ ।

कोरोना सङ्क्रमित भई सम्पूर्ण अथवा केही विषयको परीक्षा दिन छुटेका विद्यार्थीहरुका लागि बोर्डले समय तालिका सार्वजनिक गरेको हो । सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदन्ड र सामाजिक दूरीको पालना गरी सम्बन्धित विद्यालयमा नै परीक्षा हुने जनाइएको छ । परीक्षा आधा घण्टादेखि डेढ घण्टासम्मको मात्रै हुनेछ ।

यसअघि कक्षा १२ को परीक्षा गत ९ देखि १६ मंसिरसम्म संचालन भएको थियो । परीक्षाफलमा ४० प्रतिशत अंकको लिखित, ४० प्रतिशत अङ्कभार कक्षा ११ को परीक्षाको जोडिने छ । त्यस्तै २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्याङ्कनको आधारमा जोडिने छ ।