- Loading...
जन्मदिनकै दिन जटिल शल्यक्रिया, होस खुल्नेबित्तिकै अस्पतालबाट ‘बर्थडे सेलिब्रेसन’ !
- पुनहिल डट कम
- ४ साल अघि
- २७८ पटक पढिएको

जटिल शल्यक्रियापछि जब बिरामीको होस् खुल्छ, तब आफ्नो वरिपरि झकिझकाउ वातावरण देख्दा कस्तो होला ? बिरामी रहेको शैया वरिपरि रंगबिरंगी बेलुनहरु, खाल खालका क्यान्डिल लाइट, आफन्त र शुभेच्छुकसहित सेता कोर्टधारी चिकित्सक र स्वास्थ्यकर्मीको टोली पनि वरिपरि । यस्तो उत्सवमय वातावरणमा सबैबाट एक आम नागरिकले जटिल शल्यक्रियापछि होस खुल्नेबित्तिकै जन्मदिनको विशेष शुभेच्छा प्रकट होला भन्ने कल्पनासम्म गरेको हुँदैन ।
नेपालको स्वास्थ्य विज्ञानको क्षेत्रमा यस्ता घटनालाई दुर्लभ मानिन्छ । विदेशका ठूला र स्तरीय अस्पतालमा मात्र बिरामीलाई यो स्तरको केयरिङ हुने गरेको छ । तर, पछिल्लो समय विदेशकै स्वास्थ्य संस्थाको दाँजोअनुसारकै सेवाको गुणस्तर व्यवस्थापन गर्ने नेपालका कतिपय अस्पतालहरुले पनि बिरामीहरु आइसियूको शैयामा छटपटाइरहँदा समेत यस्तै पारिवारिक माहौल सिर्जना गरिदिन्छन् । अस्पतालमै घरको जस्तो माहौल बनेपछि बिरामीहरु पनि मख्ख नपर्ने कुरै भएन ।
बुटवलकी १८ वर्षीया बिमला परियार यस्तै भाग्यमानी बिरामी हुन्, जसले जटिल शल्यक्रियाकै दिन परेको जन्मदिनको उत्सव समेत गुमाउनु परेन । केही दिनअघि ब्रेनमा ट्यूमर पलाएर शल्यक्रियाका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी बिमलाका लागि जटिल शल्यक्रिया सफल भई नयाँ जीवन पाउँदै गर्दाको क्षण स्मरणीय बन्यो ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार ब्रेनको केन्द्रभागमा पलाएको ट्यूमरको शल्यक्रिया जटिल रहेको स्वयम् बिरामीलाई पनि अपरेसन थिएटरमा प्रवेश गर्नुअघि महसुस भएको थियो । ‘अपरेसन थिएटरमा छिराउनुअघि बिरामी केही आत्तिएको र निराश बनेको देख्यौं ।’ आफ्नो करिअरकै पहिलो र दुर्लभ क्षण सिर्जना गरेका नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर यूरो सर्जन प्रा डा राजीव झा भन्छन्, ‘कुरा बुझ्दा सोही दिन उनको जन्मदिन परेको रहेछ । जन्मदिनको दिन नै जटिल शल्यक्रियाको निर्णय लिएका कारण केही अशुभ पो हुने हो कि भन्ने चिन्ताले उनमा घर गरेको रहेछ ।’
त्यसपछि झा नेतृत्वको टिमले शल्यक्रियापछि उनको जन्मदिनलाई उत्सवको रुपमा त्यही मनाइदिने निर्णय गर्यो । ६ घण्टा लामो अथक प्रयासपछि उनको शल्यक्रिया सफल भयो । बिहान ८ बजेदेखि सुरु भएको शल्यक्रिया सफल भएको ३ घण्टाभित्रै बिरामीको होस खुलिसकेको थियो । जब होस खुल्यो, सो बेला स्वास्थ्यकर्मीहरुले बिरामीको कोठा सिंगारिसकेका थिए । अपरेसनको पीडाबाट उठ्दै गर्दा बिमलाका लागि नर्भिक टिमले बर्थ डे(जन्म दिनको) सरप्राइज गिफ्ट दियो । विमलाका आफन्त र नर्भिकका स्वास्थ्यकर्मीहरुले सुरक्षित ढंगले आइसियूमै विमलाको जन्मदिन मनाइदिए ।
अस्पतालमा शल्यक्रिया गर्न आएकी बिमला पनि नर्भिकका सरप्राइज गिफ्टका कारण मख्ख थिइन् । ‘बिरामीहरुको यो लेभलको केयरिङ हुने अस्पताल पनि नेपालमा रहेछ भन्ने महसुस भयो ।’ बिमला सो दिनको घटना सम्झिँदै भन्छिन्, ‘अस्पतालका स्वास्थ्यकर्मीहरु मिलेर बर्थ डे मनाउँदा ममा खुशीको सीमा नै रहेन । अपरेसनको पीडा आधा नै कम भएजस्तो भयो ।’
अपरेसन थिएटरमा प्रवेश गर्नुअघि आफूलाई जन्मदिनकै दिन मरिने हो कि ? भन्ने डर भए पनि सफल शल्यक्रियापछि नयाँ जीवन पाएकै क्षणमा जन्मदिवस पनि स्पेशल बनाइदिएकोमा उनी मख्ख छिन् । ‘मेरो जीवनमा अविस्मरणीय क्षण बनाइदिनुभएकोमा म नर्भिकका डाक्टर र नर्सहरुलाई जीवनभर सम्झिरहनेछु ।’ भावुक हुँदै उनले भनिन्, ‘अस्पतालहरुले आफ्ना बिरामीलाई आफ्नै परिवारको सदस्य जस्तै व्यवहार गर्ने हो भने बिरामीलाई निको हुन पनि कुनै समय नलाग्ने मैले अनुभव गरेकी छु ।’
बिरामी बिमला मात्र होइन, आफ्नो करिअरमा दुर्लभ क्षण सिर्जना गरेकोमा प्रो.डा. झा समेत मख्ख छन् । ‘मेडिकल दुनियाँमा यस्तो घटना निकै दुर्लभ हुन्छ । नेपालमा त अझ दुर्लभ ।’ डा. झाले भने, ‘बिरामीलाई अपनत्वको महसुस गराउन समेत हामीले यो काम गर्यौं ।’
डा झाका अनुसार बिमलाको ब्रेनको ट्यूमर जटिल प्रकारको थियो । जुनसुकै खालको जोखिम आउन सक्थ्यो । तर, सुखद संयोग नै मान्नुपर्छ, जन्मदिनकै दिन बिमलाले लिएको निर्णयका कारण अशुभ भएन । करिअरमा १५ हजार बढी अपरेसन गरिसकेका डा झाले अपरेसनपछि होस खुलेलगत्तै बिरामीको बर्थ डे मनाइदिएको क्षण आफ्ना लागि स्मरणीय रहने र यस्तो घटना आफ्नो करिअरकै पहिलो रहेको समेत बताए ।
‘अस्पतालमा आएका बिरामी हाम्रा पारिवारिक सदस्य हुन्, उनीहरुको सुखदुःखमा अस्पताल रहञ्जेल हामीले साथ दिनुपर्छ ।’ डा. झा भन्छन्, ‘यदि सबै अस्पताल र स्वास्थ्यकर्मीमा यो भावनाको विकास हुने हो भने यसले नेपालको स्वास्थ्य संस्थालाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याइदिनसक्छ ।’ source – dcnepal.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
