- Loading...
राजनीतिक तनावमाझ नेपालमा विदेशी चलखेल बढ्न सक्ने
- पुनहिल डट कम
- ४ साल अघि
- २६१ पटक पढिएको

प्रतिनिधिसभा विघटनसँगै देखा परेको राजनीतिक अस्थिरताले नेपालमा विदेशी शक्तिहरूको चलखेलको सम्भावना बढ्ने परराष्ट्र मामिलाका विज्ञहरूले चेतावनी दिएका छन ।
उनीहरूले ७० वर्षअघि (विसं २००७) यताका घटनाक्रमले नेपालमा राजनीतिक सङ्कट चुलिएका बेला राष्ट्रिय स्वार्थ जगेर्ना गर्न चुनौती देखा परेको र देशलाई हानि हुने कतिपय सन्धि-सम्झौता भएका दृष्टान्तहरू प्रस्तुत गरेका छन्।
कतिपय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री ओलीले दुई साताभित्रै भारतको भ्रमण गर्ने विवरण सार्वजनिक गरेको भए पनि “त्यसबारे आफूलाई केही जानकारी नभएको” प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताए।
अघिल्लो साता श्रीलङ्कामा ‘मिलेनीअम च्यालेन्ज कोअपरेशन’ (एमसीसी) अनुदान संयुक्त राज्य अमेरिकाले रद्द गरेसँगै सत्तारूढ दलभित्रको विवादका कारण अल्झिरहेको झन्डै ६० अर्ब रुपैयाँजतिको ‘एमसीसीसी नेपाल कम्प्याक्ट’को भविष्यबारे प्रश्न उठेको थियो। तर अहिले प्रतिनिधिसभा भङ्ग भएसँगै त्यसले निम्त्याउन सक्ने अस्थिरता र सङ्कटमा बहसहरू केन्द्रित भइरहेका छन्।
यस्तो अवस्थामा विदेशीहरूले आफ्नो इच्छाअनुसार प्रयोग गर्ने अवसरहरू बढी पाउँछन्। हाम्रो नेताहरूले आफ्नो राजनीतिक अस्तित्व जोगाउनका लागि सम्झौता गर्छन् जुन डरलाग्दो हुनसक्छ। यो अहिलेदेखिको हैन, सन् १९५० देखि बेहोरेको अनुभव हो। सन् १९५० को सन्धि राणाहरू आन्तरिक रूपमा कमजोर भएको र अन्तर्राष्ट्रिय दबाव रहेको बेला हस्ताक्षर भएको हो। सन् १९८९-९० मा भएको परिवतर्नको समयमा पनि त्यस्तै वातावरण थियो। नेपालभित्रको सशस्त्र विद्रोह सुरु भएको समयदेखि नै यहाँ विदेशी प्रभाव धेरै ठाउँमा पर्न थालेको हो।
प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सरकार निर्वाचन गराउन प्रतिबद्ध भएको हुनाले हाल देखिएको अनिश्चितता लामो समय नरहने उनको भनाइ छ।
भट्टराईले भने, “हामीले देशभित्र अनिश्चितता पैदा गर्दा एक किसिमको समस्या पैदा हुन्छ। तर हामीले त्यो नगरी निर्वाचनमा होमियौँ र जनताले जसलाई विजयी गराउँछन् त्यसलाई जिम्मेवारी दियौँ भने त्यो आफैँ सही ठाउँमा आइहाल्छ। चुनावबाट परिपक्व खालको जनमत आओस् भन्नु ठिक हुन्छ भन्ने मलाई लाग्छ।”
के प्रधानमन्त्री ओली भारत जान लागेका हुन्?
नोभेम्बर महिनाको अन्त्यमा भारतीय विदेशसचिवले काठमाण्डूको भ्रमण सम्पन्न गरेर फर्किएपछि नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पौषको मध्यमा नयाँ दिल्ली जाने बताइएको थियो।
ज्ञवाली उक्त भ्रमण सकेर फर्किएलगत्तै ज्यानुअरीको पहिलो साता प्रधानमन्त्री ओली आफैँ भारतको भ्रमणमा जाने कतिपय भारतीय सञ्चारमाध्यममा विवरण आउन थालेका छन्। यसबारे प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले भने, “यस विषयमा मलाई केही जानकारी छैन।” source-bbc.com/nepali

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
