- Loading...
करिब ४ सय वर्षपछि बृहस्पति र शनि ग्रह एकआपासमा धेरै नजिक देखिए
- पुनहिल डट कम
- ४ साल अघि
- १४८ पटक पढिएको

सन् १६१० मा खगोलशास्त्री ग्यालिलियो गेलिलीले बृहस्पति गृहका चार वटा चन्द्रमा पत्ता लगाए । आईओ, युरोपा, ग्यानिमेट र क्यालिस्टो नाम गरेका यी चन्द्रामालाई उनले पहिलो पटक देखे ।
खगोल विज्ञानमा यी चन्द्रमालाई ग्यालिलियोका चन्द्रमा पनि भन्ने गरिन्छ । सोही वर्ष उनले शनि ग्रहको ‘रिङ’ पनि पत्ता लगाए ।
त्यसको १३ वर्षपछि अर्थात् सन् १६२३ मा ग्यालिलियोले यी दुई ग्रहहरु एकआपसबाट धेरै नजिक भएको पाए । यसको नाम दिइयो ‘द ग्रेट कन्जङ्सन’ । अर्थात् बृहस्पति र शनि ग्रह सबैभन्दा नजिक हुने अवस्था ।
सौर्य मण्डलको सबैभन्दा ठूलो र पाँचौं ग्रह हो, बृहस्पति । यसले करिब १२ वर्षमा सूर्यको परिक्रमा गर्छ । शनि ग्रह बृहस्पति पछिको ठूलो र सौर्यमण्डलको छौटौं ग्रह हो । शनिले सूर्यको परिक्रमा गर्न करिब ३० वर्ष लगाउँछ । यी दुई ग्रहबीचको दूरी ४५६ मिलियन माइल हो ।
सूर्यको परिक्रमा गर्ने क्रममा यी ग्रहहरु एक आपस नजिक आएको चाहिँ हरेक २० वर्षमा देखिन्छ । अर्थात् यी ग्रहहरु हरेक २० वर्षमा ‘द ग्रेट कन्जङ्सन’ भएको पृथ्वीबाट देख्न सकिन्छ । यिनीहरु धेरै ढिलो परिक्रमा गर्ने भएकाले यो र यस्ता घटनाहरु हेर्न धेरै वर्ष पर्खनुपर्छ ।
सन् २००० पछि यी ग्रहहरु २०२० को डिसेम्बर २१ अर्थात् सोमबार(आज) देखिए । पृथ्वीबाट हेर्दा यी दुई ग्रहबीचको कोण दूरी ०.१ डिग्री थियो । एउटा पूर्ण चन्द्रमाको कोण दूरी ०.५ डिग्री हुन्छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराई भन्छन्,’ जुपिटर र स्याटर्न करिब ४ सय वर्षपछि सोमबार नजिक देखिए । २० वर्षपछि पनि नजिक त आँउछन् तर आजको जसरी नजिक चाही सन् २०८० को मार्च १५ मा मात्रै देखिनेछन् । दुई ठूला ग्रहहरु एक आपसमा नजिक देखिने भएकाले यिनीहरलाई द ग्रेट कन्जङ्सन भनिएको हो ।’
गत नोभेम्बर २१देखि यिनीहरु नजिक देखिएका थिए । अबको केही दिनपछि यिनीहरु विस्तारै टाढा हुँदै जाने उनले बताए ।
आकाशमा हेर्दा बृहस्पति र शनि ग्रह सबैभन्दा चम्किला देखिन्छन् । बृहस्पति शनिभन्दा केही चम्किलो देखिन्छ । बृहस्पतिको पूर्वपट्टि शनि ग्रह हुने गरेको भट्टराईले बताए । रातको समयमा ताराभन्दा पनि चम्किला देखिन्छन् । यिनीहरुलाई नांगो आँखाहरुले हेर्दा पनि देखिन्छ ।
पृथ्वीभन्दा धेरै टाढा भएकाले यिनीहरु धेरै साना देखिन्छन् । पृथ्वीबाट हेर्दा शनिको नजिक बृहस्पति देखिएको छ ।
धार्मिक रुपमा बृहस्पतिलाई शुभ र शनिलाई पाप ग्रहको रुपमा पनि लिइने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढंगेलले धार्मिक रुपमा हेर्दा यो अवस्थामा भनेर नराम्रा घटनाहरु बढ्ने सम्भावना हुने बताउँछन् । यस्तो अवस्थामा धार्मिक रुपमा गरिने शुभ कार्यहरु पनि नहुने गरेको उनले जानकारी दिए ।
यसैबीच, नासोले शनि र बृहस्पति नजिक भएको दृश्य देखाउनका लागि सोमबार खगोलमा इच्छुक राख्नेहरुलाई अवलोकन गराएको छ । कोरोनाका कारण सानो समूहमा भएर यी ग्रहहरु देखाएको उनले बताए ।
यस्तै, दुई ग्रहहरु नजिक आएको घटनालाई लिएर सर्च इन्जिन साइट गुगलले आफ्नो डुडलमा पनि बृहस्पति र शनि ग्रहको तस्बिर सोमबार राखेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
