FLASH NEWS
  • Loading...

“कम्युनिस्ट सिध्याउन कम्युनिस्ट नै काफी छन्”

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३१९ पटक पढिएको
“कम्युनिस्ट सिध्याउन कम्युनिस्ट नै काफी छन्”

नेपालको राजनीति नयाँ र गम्भीर मोडमा प्रवेश गरेको छ ।
सोभियत संघको विघटन तत्कालीन कम्युनिस्ट पार्टी महासचिव मिखाइल गोर्वाचोभले गरेपछि दुनियाँले भनेको थियो-कम्युनिस्टलाई अरु कसैले सिध्याउन सक्दैन । कम्युनिस्ट सिध्याउन कम्युनिस्ट नै काफी छन् ।

पार्टी मात्र नभई सँसदमा समेत स्पष्ट अल्पमतमा परेपछि न रहे बाँस न रहे बाँसुरीको स्टाइलमा अहिले भर्खर क्याबिनेट बैठक राखी सँसद विघटनको सिफारिस गरिएको हो,यसबाट दुई दशकअघि नेपाली काङ्ग्रेसमा देखा परेको छत्तिसे र चौहत्तरेको जस्तो बिभाजन नेकपामा देखा परेको छ ।

आफूलाई समस्या परेपछि देशको हालत जेसुकै होस् भन्ने भावना प्रधानमन्त्रीमा प्रस्टै देखिएको छ । चुनावमा जाने वातावरण छ छैन,पार्टी र सरकारको जनतामाझ छवि कस्तो छ,अब यो विषयको टुङ्गो अदालतले कसरी लगाउँछ ! आज बस्ने पार्टी स्थायी समिति बैठकले यति सँवेदनशील एकल निर्णय गरेवापत पार्टी अध्यक्षमाथि अनुशासनको के-कस्तो कार्वाही गर्छ –केही भन्न सकिन्न । यो प्रकरण आजदेखि अदालतमा प्रवेश गरिसकेको छ ।

रास्ट्रपतिले प्रस्तुत सिफारिसलाई अन्य अध्यादेशजस्तै सर्लक्क जारी गर्नुहुन्छ या राजनैतिक परामर्श थाल्नुहुन्छ-प्रतिक्षाको विषय बनेको छ । पार्टी एक हुने स्थिति अब बिल्कुलै रहेन । सँसदै नभएपछि के को प्रमुख प्रतिपक्षी दल,के को सभामुख – दुबैको मान्यता र सकृय भूमिका रहन्न ! अनि चुनाव नहुँदासम्म कि प्रधानमन्त्री कि त रास्ट्रपति मात्र अस्तित्वमा रहने अवस्था हुन्छ ! जनआस्थाबाट