FLASH NEWS
  • Loading...

संसद विघटनको विरोधमा प्रर्दशन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२२ पटक पढिएको
संसद विघटनको विरोधमा प्रर्दशन

प्रधानमन्त्ती केपी ओलीको शिफारिसमा आईतवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा सत्तारुढ नेकपाका दहाल–नेपाल पक्षधर कार्याकर्ताले बेनीमा पनि प्रर्दशन गरेका छन ।
नेकपाको हाँडेभिर स्थित कार्यालयमा जम्मामा भएका नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, जिल्ला सदस्यहरु बालकृष्ण सुवेदी, कृष्ण विक, शेरबहादुर केसी समेतको नेतृत्वमा युवा विद्यार्थी कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपतिको संसद विघटन गर्ने कदम निरंकुशता भएको दावी गर्दै विरोध गरेका हुन ।  सदरमुकाममा प्रर्दशनपछि विरेन्द्रचोकमा कोण सभा गरेका नेकपाका कार्यकर्ताहरुले संसद विघटन असंवैधानकि भएको र निरंकुश चरित्र प्रर्दशन भएको बताए ।


प्रतिपक्ष काँग्रेस समर्थित नेविसंघले पनि संसदर विघटनको विरोधमा छुट्टै प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ ।