- Loading...
एसियन च्याम्पियनसिप खेल्न नेपालले दाबी गर्ने
- पुनहिल डट कम
- ४ साल अघि
- ३५१ पटक पढिएको

नेपाल भलिबल संघले अर्को वर्ष चीनमा आयोजना हुने एसियन महिला च्याम्पियनसिपमा राष्ट्रिय महिला भलिबल टिमलाई सहभागी गराउने निर्णय गरेको छ ।
बुधबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले सन् २०२१ मा चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा सहभागीताका लागि नेपालले समेत दाबी गर्ने निर्णय लिएको हो ।
चाईना भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप अगष्ट २९ बाट सेप्टेम्बर ५ सम्म आयोजना हुदैछ ।
नेपाल भलिबल संघले एसियन च्याम्पियनसिप खेल्ने दाबी सहित एसियाली भलिबल महासंघ (एभीसी)लाई पत्राचार गर्ने निर्णय गरेको हो ।
एसियन च्याम्पियनसिपमा सेन्ट्रल जोनबाट एक देश सहभागी हुने व्यवस्था छ ।
एभिसी सेन्ट्रल जोन र १३ औ सागमा नेपालको महिला टिमले गरेको प्रर्दशन र नतिजाका आधारमा महिला टिमलाई एसियन भलिबल च्याम्पियनसिपमा सहभागी गराउने निर्णय गरिएको हो ।
एसियन च्याम्पियनसिपमा सहभागी हुन जनवरी १५ सम्म टिम दर्ता गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार भलिबल संघले नेपाली टिमलाई सहभागी गराउने निर्णय लिएको हो । एभिसीले नेपालको दाबी स्विकार गरेमा नेपालको महिला टिमले अर्को वर्ष एसियन च्याम्पियनसिपमा सहभागीता जनाउनेछ ।
भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले प्रतियोगितामा १६ भन्दा बढी टिमले दाबी प्रस्तुत गरेमा नतिजा र प्रर्दशनका आधारमा टिम छनोट हुने बताए ।
‘सेन्ट्रल जोनबाट एक देशको कोटा हुन्छ । एभिसीले स्विकार गरेमा नेपालले सहभागीता जनाउनेछ ।’ चन्दले भने, ‘सबै देशले दाबेदारिता प्रस्तुत गर्दैछनन् । नेपाल सिधै १६ टिम भित्र पर्ने सम्भावना छ । धेरै टिमको दाबी भएको खण्डमा नतिजा र प्रर्दशनका आधारमा टिम छनोट हुनेछन् ।’
यस्तै, बैठकले कोरोनाले प्रभावित भलिबल प्रतियोगितालाई सुचारु गर्ने निर्णय गरेको छ । कोरोनाले प्रभावित बनेको राष्ट्रिय लिग समेत छिट्टै सञ्चालनमा ल्याउने संघले बताएको छ ।
भलिबल संघले राष्ट्रिय स्तरको क्लब च्याम्पियनसिप खेल्ने महिलाका ६ र पुरुषका ८ टिमलाई बोलाएर अन्तरक्रिया समेत गर्ने भएको छ ।
भलिबलका क्लबलाई थप व्यवस्थित र कानुनी दायरामा ल्याउन संघले उपाध्यक्ष निरोज मास्केको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।
मास्के नेतृत्वको समितिले भलिबल क्लबलाई कानुनी दायमा ल्याएर थप व्यवस्थित बनाउने प्रकृया अघि बढाउने कार्यादेश पाएको छ ।
बैठकले सरकारले घोषणा गरेको अन्तराष्ट्रिय स्तरको भलिबलको कभर्डहल निर्माणका लागि अध्यक्ष मनोरञ्जन रमण शर्माको नेतृत्वमा समिति गठन गरेको छ । समितिले राखेपसंग सहकार्य गर्दै कभर्डहल निर्माणको स्थान र डीपीआरको टुङ्गो लगाउने भलिबल संघले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
