- Loading...
विप्लवद्वारा ‘जगत’ पुनको मृत्युबारे छानबिन गर्न माग
- पुनहिल डट कम
- ४ साल अघि
- १४४ पटक पढिएको

प्रतिवन्धित नेकपा महाँसचिव नेत्रविक्रम चन्द (विप्लव)ले प्रेस विज्ञप्ती प्रकाशित गरी पर्वत कारागारमा वन्दी अवस्थामा विरामी भै पोखरामा उपचारक्रममा मृत्यु भएका नेकपा म्याग्दीका जिल्ला जनसरकार प्रमुख जगेन्द्र पुन ‘जगत’ को मृत्यु भएको घटना छानबिन गर्न माग गरेका छन ।
विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘म्याग्दीका लोकप्रिय नेता कमरेड जगेन्द्र पुन ‘जगत’ को अस्वाभाविक मृत्युको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको नियन्त्रणमा रही बिरामी अवस्थामा समेत उपचार नपाई मृत्यु भएको घटनाले राज्यको वास्तविक चरित्र र राजबन्दीप्रतिको व्यवहार छर्लङ्ग भएको छ । आफू बिरामी भएको जानकारी गराउँदासमेत समयमै उपचारकार्यमा बेवास्ता गरी जेल प्रशासनसमेत आपराधिक कार्यमा संलग्न रहेको स्पष्ट हुन्छ ।’
मालिका गाउँपालिका, ३ अभिभराका ५८ बर्षिय पुन अभद्र ब्यवहार सम्बन्धी मुद्धामा पर्वत कारागारमा वन्दी रहेको अवस्थामा अचानक वेहोस भै ढलेपछि उपचारकालागी पोखरा पुर्याईएकोमा उपचारक्रममा मृत्यु भएको थियो । ०७६ फागुन ९ गते अभद्र ब्यवहार र गौहत्या सम्बन्धी अपराध मुद्धामा घरबाटै पक्राउ परेका थिए ।
गत मंसिर २४ गते दिउँसो कारागार कार्यालय पर्वतको जेलमा अकस्मात वेहोस भै ढलेपछि अस्पतालमा पुर्याईएका उनलाई अस्पतालले पोखरा रिफर गरेको थियो । त्यस यता अदालतले धरौटीमा छोड्ने र प्रहरीले पक्राउ गरी मुद्धा र जिल्ला परिवर्तन गर्दै आएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
