FLASH NEWS
  • Loading...

राहुघाट खोलामा विधुत आयोजना थपिदै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४० पटक पढिएको
राहुघाट खोलामा विधुत आयोजना थपिदै

म्याग्दीमा अर्को एक जलविधुत आयोजना सुरु भएको छ । रघुगंगा गाउँपालिका, ७ चिमखोला र ८ मंगलेमा टुन्डीपावर कम्पनीले ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविधुत आयोजनाको निर्माण सुरु भएको हो ।
रघुगंगा गाउँपालिका, ८ मंगलेस्थित बन्दीघाँटीमा निर्माण हुने बाँधको गाउँपालिका अध्यक्ष भववहादुर भण्डारीले भुमीपुजासहित शिलन्यास गरी आयोजनाको सुरु गराएका हुन । निर्माता टुण्डीपावर कम्पनीका इन्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार रघुगंगा गाउँपालिका, ८ मंगलेस्थित बन्दीघाँटीमा बाँध बनाई ५ किलोमिटर लामो टनेलबाट पानील्याई १ सय ५० मिटरहेडबाट सोही गाउँपालिका, ७ चिमखोलाको मालाङमा पावरहाउस रहने छ । आयोजनाको बाँध तथा पावरहाउसको काम शेर्पा कन्ट्रक्सन र टनेलको काम भने साउन एसिशयन इन्फास्ट्रक्चरले गर्ने भएका छन ।
५.५ अर्व लागत अनुमान गरिएको अपर राहुघाट जलविधुत आयोजना ४० महिना भित्र निर्माण सम्पन्न गर्न लक्ष्य रहेको छ । इन्जिनियर तिमिल्सिनाका अनुसार आयोजनाबाट उत्पादित विधुत कालीगण्डकी करिडोर २२० केभिए प्रशारणलाईनमा जलजला गापा, ३ गलेश्वरपारीपट्ट लुपइन/लुपआउट निर्माणगरी राष्ट्रिय प्रसारणमा जोड्ने योजना छ ।
धौलागिरी हिमालबाट झर्ने रहुघाट खोलामा हाल नेपाल विधुत प्राधिकरणको सव कम्पनी रघुगंगा हाईड्रो पावर लिमिटेडले ४२ हराहुघाट जलविधुत आयोजना निर्माण गरिरहेको छ । ४२ मेगावाट क्षमताको राहुघाट जलविधुत आयोजना निर्माणाधिन छ । त्यसैगरी गैह्रआवसीय नेपाली संघ (एनआरएन)मा आवद्ध जिल्लाबासीको अगुवाईमा रघुगंगा गाउँपालिका, ८ स्थित २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविधुत आयोजना तथा ४.७ को तल्लो ठूलोखोला र तुँदी पावरकै ४.२ को स्यानो खोला पनि निर्माण हुँदैछ ।
जिल्लामा सवैभन्दाबढी अन्नपूर्ण गाउँपालिकामा १३ वटा आयोजनाले ३ सय ६० मेवा, दोस्रोस्थानमा धवलागिरी गापामा ९ वटा आयोजनाले १ सय ३८ मेवा, रघुगंगामा ७ वटा आयोजनाबाट १ सय १५ मेवा, मालिका गापामा ३ र बेनीमा २ वटा जलविधुत आयोजनाकालागी प्रकृयामा छन । मंगला गाउँपालिकामा एउटापनि जलविधुत आयोजना छैन ।