FLASH NEWS
  • Loading...

पुसको पहिलो सातादेखि डिम्याट खाता पनि अटोमेटिक नवीकरण हुने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २४८ पटक पढिएको
पुसको पहिलो सातादेखि डिम्याट खाता पनि अटोमेटिक नवीकरण हुने

अब डिम्याट खाता पनि अटोमेटिक नवीकरण हुने भएको छ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले अब पुस पहिलो सातादेखि लगानीकर्ताहरुले डिम्याट खाता पनि डिजिटल भुुुक्तानी प्लेटफर्ममार्फत नवीकरण गर्ने व्यवस्था सुरु हुन लागेको हो। सीडीएससीका प्रवक्ता सुुरेश न्यौपानका अनुसार इसेवा, प्रभु पे, आइएमई पेलगायत विभिन्न डिजिटल भुुुक्तानी प्लेटफर्ममार्फत डिम्याट नवीकरण गर्ने व्यवस्था सुरु हुन लागेको हो। ‘सीडीएससीबाट प्राप्त सुुविधाहरु लगानीकर्ताले घरबाटै सेवा लिन सक्नुुहोस् भनेर डिजिटल प्लेटफर्म खुुला गर्दै जाने हाम्रो रणनीति हो’, न्यौपानेले बिजशालासँग भने।

सीडीएससीले साउन १ गतेदेखि ‘मेरो सेयर’ सुुविधा डिजिटल भुुक्तानी प्रदायक कम्पनी इसेवासँग सहकार्य गर्दै अटोमेटिक नवीकरणको व्यवस्था छ। मेरो सेयरजस्तै डिम्याट खाताको नवीकरण पनि डिजिटल भुक्तानीका माध्यमबाट तिर्ने व्यवस्था मिलाइने उनको भनाइ छ।

यही मंसिर २९ गतेदेखि पुस २ गतेसम्म प्रभुु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ निष्कासन सकिनेबित्तिकै डिम्याट खाता पनि डिजिटल प्लेटफर्मबाटै सहजै नवीकरण गर्ने व्यवस्था सुरु गर्ने सीडीएससीको योजना छ।

यसअघि नै ‘मेरो सेयर’ को वार्षिक नवीकरण शुुल्क ५० रुपैयाँ इसेवामार्फत आफ्नो डीपीलाई सहजै भुुक्तानी गर्ने व्यवस्था भएको थियो। अब डिम्याट खाताको वार्षिक नवीकरण शुुल्क १०० रुपैयाँ पनि घरबाटै डिजिटल भुुक्तानी प्लेटफर्मबाटै नवीकरण गर्न सकिनेछ।

हितग्राहीले धितोपत्र निक्षेप गर्न नेपाल धितोपत्र बोर्डबाट अनुुमतिप्राप्त निक्षेप सदस्य बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक र ब्रोकर कम्पनीसँग खोलिएको विद्युुतीय खाता नै डिम्याट वा हितग्राही खाता हो। जसमा निक्षेप सदस्यमार्फत सम्पूूर्ण विवरण प्रविष्ट गरेपछि प्रणालीबाट उत्पन्न हुने १६ अंकको पृथक डिम्याट नम्बर उपलब्ध हुुन्छ।