FLASH NEWS
  • Loading...

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११७ पटक पढिएको
गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह

पार्टी एउटै तर फरक जिल्लाका गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह भएको छ ।

कास्कीको माछापुच्छे« गाउँपालिका वडा १, टुँसे निवासी अध्यक्ष कर्णबहादुर गुरुङ र हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा ४, जोमसोम निवासी उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार पोखराको हेमजास्थित याम्दी गुम्बामा सामाजिक परम्परा अनुसार विवाह भएको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर ४७ र उपाध्यक्ष शर्मिला ४६ वर्षका छन् ।

उनीहरुबीच वैवाहिक सम्बन्ध स्थापित गराउन गत साता नेकपा नेता कार्यकर्ता तथा शुभेच्छुकको जोडबलपछि दुवै राजी भएका हुन् । आपसी प्रेमसम्बन्ध नभए पनि उनीहरुबीच चिनजान धेरै वर्षअघिको हो । विगतमा अन्नपूर्ण सरक्षण क्षेत्र व्यवस्थापन समितिमा लामो समय काम गर्दै आएका हुन् ।

अध्यक्ष कर्णबहादुरले भने, ‘दुवै अन्तरजिल्लाका जनप्रतिनिधि भएको र पार्टी पनि मिलेकोले विवाह गरेका हौं । आखिर विवाह एक उत्सव हो ।’ घरपझोङ उपाध्यक्ष गुरुङ पूर्व शिक्षिका हुन् ।