- Loading...
प्रेस प्रतिनिधि प्रमाणपत्र अब जिल्ला हुलाकबाटै पाइने
- पुनहिल डट कम
- ४ साल अघि
- २९५ पटक पढिएको

पत्रकारहरूले अब जिल्ला हुलाक कार्यालयमार्फत आवेदन दिएर प्रेस प्रतिनिधि प्रमाणपत्र लिन पाउने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जिल्ला हुलाक कार्यालयमार्फत सूचना विभागमा पत्र पठाएर प्रमाणपत्र लिन पाइने व्यवस्था गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेसँगै यस्तो व्यवस्था मिलाइएको हो। अब प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि जिल्ला हुलाक कार्यालयमा निवेदन दिन सकिने मन्त्रालयले जनाएको छ। त्यसकै आधारमा विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र प्रदान गर्ने छ।
यसअघि प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि विभागमै स्वयम् उपस्थित हुनुपर्ने बाध्यता थियो। सुशासन ऐन, २०६४ को दफा २२ को उपदफा (१) मा आफूमा निहीत अधिकार आफू मातहतको पदाधिकारीलाई प्रत्यायोजन गर्न सक्ने उल्लेख गरिएको छ। सोही आधारमा मङ्सिर २२ मा मन्त्रीस्तरीय निर्णयबाट सबै जिल्ला हुलाकलाई अघिकार प्रत्यायोजन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डिल्लीराम शर्माका अनुसार प्रेस प्रतिनिधि प्रमाणपत्रसँगै अनलाइन नवीकरणका लागिसमेत हुलाकमै आवेदन दिन सकिने छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
