- Loading...
मध्यभोटेकोसी जलविद्युत आयोजनामा २ करोड ‘अफर’ गरेको टेप सार्वजनिक
- पुनहिल डट कम
- ४ साल अघि
- २८९ पटक पढिएको

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी सिन्धुपाल्चोकमा निर्माणधीन मध्यभोटेकोसीले १०२ मेगावाटको आयोजना बनाउन थालेको १० वर्ष बितिसकेको छ । कहिले भूकम्प, कहिले नाकाबन्दी, कहिले ठेकेदारका ढिलासुस्तीलगायतका अनेकौं कारण देखाउँदै यसको निर्माण कार्य सात वर्षबितिसक्दा पनि सकिएको छैन ।
सन् २०१३ मा ठेक्का भई २०१६ मा पूरा गर्ने लक्ष्य रहेको मध्य भोटेकोसी कम्पनीमा सीइओ र आयोजना प्रमुखबीचको विवादका कारण काम अघि बढ्न सकेको छैन । स्थानीय राजनीतिक दलका नेताहरुको असहयोग, आयोजनाकै कर्मचारीहरुबीचको गुटबन्दी, व्यवस्थापनको अकर्मण्यता छँदैछ, त्यसमाथि ठेकेदारले अनेक बहानाले काम गर्न आलटाल गर्दै आएको छ । पछिल्लो पटक ठेकेदारका दोभाषेले कम्पनीका निवर्तमान सीइओ मणि काफ्लेलाई २ करोड रुपैयाँ अफर गरेको टेप सार्वजनिक भएको छ । उक्त टेप सार्वजनिक भएपछि सीइओ काफ्ले अघिल्लो साता राजीनामा दिएका थिए ।
चिलिमेको सहायक कम्पनीका रुपमा १० वर्षअघि स्थापित मध्यभोटकोसीले सिन्धुपाल्चोकमा १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजना प्रमुख सुनिल लामा र सीइओ काफ्लेबीचको अन्तरसंघर्षले आयोजनाले गति लिन सकेको छैन । सन् २०१६ को डिसेम्बरमै पूरा भइसक्नुपर्ने यो आयोजना भूकम्प र नाकाबन्दीभन्दा पनि व्यवस्थापनका कर्मचारीबीचको विवाद र झगडाले गति लिन नसकेको हो ।
विद्युत् प्राधिकरणको १०, चिलिमेको ३८, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुका १९.५, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको १०, सर्वसाधारणको १५, प्रवद्र्धक कम्पनीको कर्मचारीहरुको ३.५, कर्मचारी सञ्चय कोषका कर्मचारीहरुको १, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १ प्रतिशत शेयर छ ।
आयोजनाको सुरु अनुमानित लागत १२ अर्ब २८ करोड रुपैयाँ थियो । आयोजना निर्माणमा ढिलाई हुँदा गत वर्ष नै यसको लागत १४ अर्ब ८४ करोड रुपैयाँ कटिसकेको थियो । समाचार र अडियो इकागजमा प्रकाशित छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
