FLASH NEWS
  • Loading...

कोरोनाको खोप सहयोग माग्दै सरकारले पठायो कूटनीतिक नोट

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७२ पटक पढिएको
कोरोनाको खोप सहयोग माग्दै सरकारले पठायो कूटनीतिक नोट

सरकारले कोरोनाको खोप सहयोग माग्दै कोरोनको खोप विकास गरिरहेका मुलुकहरुमा कूटनीतिक नोट पठाएको छ।

परराष्ट्र प्रवक्ता सेवा लम्लासले विभिन्न ७ वटा मुलुकमा कूटनीतिक नोट पठाइएको जानकारी दिइन्। उनले खरिदभन्दा पनि सहयोगका लागि कूटनीतिक नोट पठाइएको बताइन्।

हाल कोरोनाविरुद्धका विभिन्न खोपहरु परीक्षणमा छन्। ती मध्ये ११ वटा खोप तेस्रो चरणको परीक्षणमा छन्। जस मध्ये ३ वटा खोपको नतिजा सकरात्मक आएको छ। र ती खोपहरु आकस्मिक रुपमा प्रयोगका लागि विभिन्न मुलुकमा अनुमति पनि पाइसकेका छन्। हालसम्म अमेरिकी कम्पनीले विकास गरेको खोपको बेलायतमा दिन शुरुसमेत गरिएको छ।

अमेरिकी कम्पनी फाइजरले विकास गरेको खोप बेलायतमा दिन शुरु गरिएको छ। यस्तै अर्को अमेरिकी कम्पनी मडेर्नाको खोप पनि प्रभावकारी रहेको रिपोर्ट आइसकेको छ। यस्तै अक्सफोर्डको खोप पनि प्रभावकारी रहेको बताइएको छ।

चीनमा सिनो फार्माले विकास गरेको खोप पनि प्रभावकारी रहेको दावी गरिएको छ। उता रुसले बनाएको स्पुतनिक भी नामको खोप बनि प्रभावकारी रहेको बताइएको छ। अमेरिकी कम्पनी फाइजरले छिमेकी मुलुक भारतमा आकस्मिक प्रयोगका लागि अनुमतिसमेत मागिसकेको छ। अहिले बेलायत, रुस र चीनमा भ्याक्सिनेशनको काम शुरु भएको छ।

कोरोनाविरुद्धको खोप किन्नेभन्दा पनि नेपालले सहयोगमा प्राप्त गर्ने रणनीति लिएको देखिएको छ। तर स्वास्थ्य मन्त्रालयले खरिदका लागिसमेत अध्ययन गर्न समितिसमेत बनाइसकेको छ।