- Loading...
आज मेस्सी र रोनाल्डोको भिडन्त
- पुनहिल डट कम
- ४ साल अघि
- २७० पटक पढिएको

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा आज (मंगलबार) राति ८ खेल हुदैछ ।
मंगलबार राति समूह डी, ई, एफ, जी र एचका क्लबहरु आपसमा प्रतिस्पर्धा गर्दैछन् । मंगलबार राति सबैको नजर समूह जीमा रहेको छ । सो समूहमा बार्सिलोना र युभेन्ट्स तथा डायनामो किभ र भेरेन्सभारोसबीच प्रतिस्पर्धा हुनेछ । यस समूहमा बार्सिलोना र युभेन्ट्सको खेललाई सिजनकै बहुप्रतिक्षित मानिएको छ । बार्सिलोनाका स्टार लियोनल मेस्सी र युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो लामो समयपछि एक आपसविरुद्ध मैदानमा उत्रदैछन् ।
रोनाल्डोले रियल मड्रिड छाडेर टुरिन आएपछि मेस्सीसंग उनले खेल्न पाएका थिएनन् । समकालिन फुटबलका दुई ठुला स्टार निकै लामो समयको अन्तरपछि मैदानमा देखिदैछन् । रोनाल्डोलाई कारोना भाईरसको संक्रमण देखिएपछि पहिलो लेगमा पोर्चुगिज स्टार मैदानमा देखिएनन् ।
दुवै क्लबले आफ्ना स्टार खेलाडी मंगलबारको खेलमा उत्रने बताएका छन् । दुवै टिम प्रतियोगिताको नकआउट चरणमा पुगिसकेका छन् । रातिको खेलको नतिजाले समूह विजेता टोलीको समेत टुङ्गो भने लगाउनेछ ।
बार्सिलोना सतप्रतिशत जित सहित १५ अंक बटुलेर शीर्ष स्थानमा छ । युभेन्ट्स १२ अंक सहित दोस्रो स्थानमा छ । समूह डीको खेलमा डच क्लब अजाक्स र एटलान्टा तथा लिभरपुल र एफसी मिडजिल्याण्ड भिड्नेछन् । प्रिमियर लिग विजेता लिभरपुल यसअघिनै समूह विजेताको रुपमा नकआउट चरण पुगिसकेको छ ।
मंगलबारको खेलको नतिजाले लिभरपुललाई केही फरक पार्ने छैन । तर अजाक्स र एटलान्टाको खेलको नतिजा समूहका लागि महत्वपूर्ण छ । एटलान्टा ८ अंक सहित दोस्रो र अजाक्स ७ अंक सहित तेस्रो स्थानमा छ । एटलान्टालाई नकआउट चरण पुग्न बराबरीनै पर्याप्त छ । डच क्लबलाई भने जितको विकल्प छैन ।
यस्तै, समूह ईमा लण्डन क्लब चेल्सी र एफसी क्रास्नोडार तथा सेभिया र रेनिस भिड्नेछन् । लण्डन क्लब चेल्सी समूह विजेता र सेभिया उप विजेताको रुपमा यसअघिनै नकआउट चरण प्रवेश गरिसकेको छन् । समूह ईको खेलको नतिजाले चारै टोलीको वर्तमान अवस्थालाई फरक पार्नेछैन ।
समूह एफमा लाजियो र क्लब ब्रुगिस र सेन्ट पिटरर्सवर्ग र बोरुसिया डर्टमण्डबीच प्रतिस्पर्धा हुनेछ । नकआउट चरण पुगिसकेको डर्टमण्ड समूह विजेता बन्न सेन्ट पिटर्सवर्गविरुद्धको खेल महत्वपूर्ण छ । लाजियोलाई बराबरीको नतिजानै नकआउट चरण पुग्न पर्याप्त छ । क्लब ब्रुगिसलाई भने जितको विकल्प छैन ।
समूह एमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र इस्तानबुल बासाकेशिर तथा लाइपेजिग र म्यान्चेष्टर युनाईटेड भिड्नेछन् । यस समूहमा युनाईटेड, पीएसजी र लाईपेजिगको समान ९ अंक छ । अघिल्लो चरण प्रवेश गर्न तीन वटै टिमलाई जितको विकल्प छैन । पीएसजीले तुलनात्मक रुपमा सजिलो प्रतिद्धन्दी पाउँदा नकआउट चरण पुग्न युनाईटेड र लाईपेजिगबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
