FLASH NEWS
  • Loading...

आज मेस्सी र रोनाल्डोको भिडन्त

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११९ पटक पढिएको
आज मेस्सी र रोनाल्डोको भिडन्त

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा आज (मंगलबार) राति ८ खेल हुदैछ ।

मंगलबार राति समूह डी, ई, एफ, जी र एचका क्लबहरु आपसमा प्रतिस्पर्धा गर्दैछन् । मंगलबार राति सबैको नजर समूह जीमा रहेको छ । सो समूहमा बार्सिलोना र युभेन्ट्स तथा डायनामो किभ र भेरेन्सभारोसबीच प्रतिस्पर्धा हुनेछ । यस समूहमा बार्सिलोना र युभेन्ट्सको खेललाई सिजनकै बहुप्रतिक्षित मानिएको छ । बार्सिलोनाका स्टार लियोनल मेस्सी र युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो लामो समयपछि एक आपसविरुद्ध मैदानमा उत्रदैछन् ।

रोनाल्डोले रियल मड्रिड छाडेर टुरिन आएपछि मेस्सीसंग उनले खेल्न पाएका थिएनन् । समकालिन फुटबलका दुई ठुला स्टार निकै लामो समयको अन्तरपछि मैदानमा देखिदैछन् । रोनाल्डोलाई कारोना भाईरसको संक्रमण देखिएपछि पहिलो लेगमा पोर्चुगिज स्टार मैदानमा देखिएनन् ।

दुवै क्लबले आफ्ना स्टार खेलाडी मंगलबारको खेलमा उत्रने बताएका छन् । दुवै टिम प्रतियोगिताको नकआउट चरणमा पुगिसकेका छन् । रातिको खेलको नतिजाले समूह विजेता टोलीको समेत टुङ्गो भने लगाउनेछ ।

बार्सिलोना सतप्रतिशत जित सहित १५ अंक बटुलेर शीर्ष स्थानमा छ । युभेन्ट्स १२ अंक सहित दोस्रो स्थानमा छ । समूह डीको खेलमा डच क्लब अजाक्स र एटलान्टा तथा लिभरपुल र एफसी मिडजिल्याण्ड भिड्नेछन् । प्रिमियर लिग विजेता लिभरपुल यसअघिनै समूह विजेताको रुपमा नकआउट चरण पुगिसकेको छ ।

मंगलबारको खेलको नतिजाले लिभरपुललाई केही फरक पार्ने छैन । तर अजाक्स र एटलान्टाको खेलको नतिजा समूहका लागि महत्वपूर्ण छ । एटलान्टा ८ अंक सहित दोस्रो र अजाक्स ७ अंक सहित तेस्रो स्थानमा छ । एटलान्टालाई नकआउट चरण पुग्न बराबरीनै पर्याप्त छ । डच क्लबलाई भने जितको विकल्प छैन ।

यस्तै, समूह ईमा लण्डन क्लब चेल्सी र एफसी क्रास्नोडार तथा सेभिया र रेनिस भिड्नेछन् । लण्डन क्लब चेल्सी समूह विजेता र सेभिया उप विजेताको रुपमा यसअघिनै नकआउट चरण प्रवेश गरिसकेको छन् । समूह ईको खेलको नतिजाले चारै टोलीको वर्तमान अवस्थालाई फरक पार्नेछैन ।

समूह एफमा लाजियो र क्लब ब्रुगिस र सेन्ट पिटरर्सवर्ग र बोरुसिया डर्टमण्डबीच प्रतिस्पर्धा हुनेछ । नकआउट चरण पुगिसकेको डर्टमण्ड समूह विजेता बन्न सेन्ट पिटर्सवर्गविरुद्धको खेल महत्वपूर्ण छ । लाजियोलाई बराबरीको नतिजानै नकआउट चरण पुग्न पर्याप्त छ । क्लब ब्रुगिसलाई भने जितको विकल्प छैन ।

समूह एमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र इस्तानबुल बासाकेशिर तथा लाइपेजिग र म्यान्चेष्टर युनाईटेड भिड्नेछन् । यस समूहमा युनाईटेड, पीएसजी र लाईपेजिगको समान ९ अंक छ । अघिल्लो चरण प्रवेश गर्न तीन वटै टिमलाई जितको विकल्प छैन । पीएसजीले तुलनात्मक रुपमा सजिलो प्रतिद्धन्दी पाउँदा नकआउट चरण पुग्न युनाईटेड र लाईपेजिगबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।