FLASH NEWS
- Loading...
अभिनेत्री श्वेता र विजयेन्द्रकाे विवाह
- पुनहिल डट कम
- ४ साल अघि
- ३३३ पटक पढिएको

अभिनेत्री श्वेता खड्काले विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । परिवार र नजिकका आफन्तबीच उनले साेमबार काठमाडौंमा बिहे गरेकी हुन् ।
अभिनेता श्रीकृष्ण श्रेष्ठकाे निधन भएकाे ६ वर्षपछि उनी बिहे गर्ने निर्णयमा पुगेकी हुन् । श्वेतासँग बिहे भएकाे २ दिनमै श्रीकृष्ण बिरामी भए । उपचारकै क्रममा २०७१ साउन २५ गते उनकाे निधन भएकाे थियाेे ।
काेभिडका कारण सिमित मानिसहरुकाे उपस्थिति बीच आफूले नविन यात्रा थाल्ने भन्दै उनले बिहेकाे एक दिनअघि फेसबुक स्टाटसमा उल्लेख गरेकी थिइन् । आइतबार उनले मेहेन्दीका तस्बिरहरू सार्वजनिक गरेकी थिइन्।
यतिखेर सामाजिक सञ्जालमा श्वेतालाई बधाई दिनेकाे ओइराे छ । श्वेताले श्रीकृष्णसँगै ‘कहाँ भेटिएला’मा अभिनय गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । ‘काेहिनुर’, ‘कान्छी’ उनले अभिनय गरेका फिल्महरु हुन् । अभिनयसँगै व्यवसायमा व्यस्त श्वेता समाजसेवी पनि हुन् ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
