FLASH NEWS
  • Loading...

अभिनेत्री श्वेता र विजयेन्द्रकाे विवाह

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७२ पटक पढिएको
अभिनेत्री श्वेता र विजयेन्द्रकाे विवाह

अभिनेत्री श्वेता खड्काले विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । परिवार र नजिकका आफन्तबीच उनले साेमबार काठमाडौंमा बिहे गरेकी हुन् ।

अभिनेता श्रीकृष्ण श्रेष्ठकाे निधन भएकाे ६ वर्षपछि उनी बिहे गर्ने निर्णयमा पुगेकी हुन् । श्वेतासँग बिहे भएकाे २ दिनमै श्रीकृष्ण बिरामी भए । उपचारकै क्रममा २०७१ साउन २५ गते उनकाे निधन भएकाे थियाेे ।

काेभिडका कारण सिमित मानिसहरुकाे उपस्थिति बीच आफूले नविन यात्रा थाल्ने भन्दै उनले बिहेकाे एक दिनअघि फेसबुक स्टाटसमा उल्लेख गरेकी थिइन् । आइतबार उनले मेहेन्दीका तस्बिरहरू सार्वजनिक गरेकी थिइन्।

यतिखेर सामाजिक सञ्जालमा श्वेतालाई बधाई दिनेकाे ओइराे छ । श्वेताले श्रीकृष्णसँगै ‘कहाँ भेटिएला’मा अभिनय गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । ‘काेहिनुर’, ‘कान्छी’ उनले अभिनय गरेका फिल्महरु हुन् । अभिनयसँगै व्यवसायमा व्यस्त श्वेता समाजसेवी पनि हुन् ।