- Loading...
कोरोना भाइरस चीनमा देखिनु अघि नै अस्तित्वमा रहेको खुलासा
- पुनहिल डट कम
- ४ साल अघि
- २९४ पटक पढिएको

कोरोना भाइरस चीनमा देखिनु भन्दा अगाडि लामो समयदेखि अस्तित्वमा रहेको हुन सक्ने एउटा नयाँ अध्ययनले देखाएको छ ।
अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का वैज्ञानिकहरूले आफ्नो अध्ययनको निष्कर्ष सङ्क्रामक रोगसम्बन्धी एउटा जर्नलमा प्रकाशित गरेका हुन् ।
महामारीको सिलसिला आधिकारिक रूपमा सन् २०१९ को डिसेम्बर ३१ तारिखमा चीनको वुहान शहरका स्वास्थ्य अधिकारीहरूले एउटा रहस्यमय श्वासप्रश्वाससँग जोडिएको भाइरसका शृङ्गखलाबद्ध घटनाहरूका बारेमा चेतावनी जारी गरेपछि सुरु भएको थियो ।
तर अहिले ११ महिनापछि अनुसन्धानकर्ताहरूले अमेरिकाका तीनवटा राज्यका ३९ जनामा चीनले चेतावनी जारी गर्नुभन्दा दुई हप्ताअघि नै “एन्टीबडी’ विकास भइसकेको फेला पारेका छन् ।
अमेरिकामा सार्स-कोभ-२ जनवरी २१, २०२० अघि देखापरेको थिएन । तर अध्ययनले १३ डिसेम्बर २०१९ र १७ जनवरी २०२० को बीचमा गरिएका नियमित रक्तदानका क्रममा सङ्कलन गरिएका ७ हजार ३८९ नमुनामध्ये १०६ वटामा कोरोनाभाइरसको एन्टीबडी फेला पारेको छ ।
कुनै व्यक्तिको रगतमा एन्टीबडी देखापर्नुको अर्थ त्यस्ता मानिसहरू भाइरसको सम्पर्कमा पुगेर उनीहरूका शरीरको प्रतिरोधी प्रणालीले रक्षात्माक प्रतिक्रिया जनाउन थाल्नु हो ।
त्यसमध्ये क्यालिफोर्निया, ओरिगन र वाशिङ्गटनमा १३ देखि १६ डिसेम्बरका बीचमा दान गरिएका रगतका ३९ वटा नमुनामा कोरोनाभाइरसको एन्टीबडी पाइएको थियो ।
उनीहरूले कनेटिकट, आयोवा, मासचूसिट्स, मिशिगन, रोड आइल्यान्ड र विस्कन्सिनमा जनवरीको प्रारम्भमा सङ्कलन गरिएका ६७ नमुनामा पनि एन्टीबडीहरू फेला परेका थिए । त्यसबेला ती राज्यमा सङ्क्रमण फैलिसकेको थिएन । सुरुमा सङ्क्रमित भएका बहुसङ्ख्यक पुरुष थिए र उनीहरूको औसत उमेर ५२ वर्ष रहेको थियो ।
वैज्ञानिकहरूले कतिपय एन्टीबडीहरू विश्वमा पहिल्यै अस्तित्वमा रहेका अरू प्रकारका कोरोनाभाइरसले निम्त्याएको प्रतिरोधी प्रतिक्रियाका कारण उत्पन्न भएको हुनसक्ने बताएका छन् । तर अध्ययनका क्रममा ठूलो सङ्ख्यामा मानिसहरूमा एन्डीबडीहरू फेला परेकाले त्यसबेला केही मानिसहरूलाई कोभिड-१९ भइसकेको हुनसक्ने बढी सम्भावना रहेको उनीहरूको ठम्याइ छ ।
अनुसन्धानकर्ताहरूले व्यापक रूपमा फेब्रुअरी महिनामा अमेरिकामा कोरोनाभाइरस समुदाय स्तरमा फैलिएको उल्लेख गरेका छन् ।
बीबीसीबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
