- Loading...
नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित
- पुनहिल डट कम
- ४ साल अघि
- २६८ पटक पढिएको

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कडा सुरक्षा व्यवस्थासहित बैठक सुरु भएको हो ।
शनिबारको सचिवालय बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको असहमतिबीच निर्धारित आइतबारको स्थायी कमिटी बैठक राख्ने निर्णय गरेको थियो । बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका छैनन् ।
बैठकमा दुवै अध्यक्षका प्रस्ताव पेश गर्ने कार्यसूची छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ मा र प्रधानमन्त्री ओलीले मंसिर १३ को सचिवालय बैठकमा एकअर्कामाथि संगीन आरोपसहितको प्रस्ताव पेश गरेका थिए । ओलीले दाहालको लाञ्छना पत्र बैठकमा छलफल हुन नसक्ने भन्दै फिर्ताको अडान राख्दै आएका थिए । दुवै प्रस्ताव स्थायी कमिटी सदस्यहरुलाई वितरण गरिएपछि अध्ययनका लागि भन्दै केहीदिन बैठक स्थगित हुने भएको छ ।
सचिवालय बैठकले पार्टीको संकट निवारणका निम्ति अहिलेसम्म प्रस्तुत भएका प्रस्तावहरु स्थायी कमिटीमा पेस गरेर छलफल गर्ने निर्णय थियो । यसर्थ स्थायी कमिटी बैठकलाई चासोपूर्वक हेरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
