FLASH NEWS
- Loading...
भाइरल भएको र्यालीको फोटो बुटवलमा खिचिएको चार वर्ष पुरानो
- पुनहिल डट कम
- ४ साल अघि
- १४६ पटक पढिएको

झापामा राजतन्त्रको पक्षमा विशाल प्रदर्शन भएको भन्दै अहिले एउटा फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। विभिन्न राजतन्त्र समर्थक फेसबुक पेजहरु मात्र होइन, विभिन्न व्यक्तिका फेसबुक प्रोफाइलहरुमा पनि यो फोटो निकै सेयर भएको देखिन्छ।
बुटवलका पत्रकार कृष्ण खनालका अनुसार भाइरल भएको फोटो बुटवल-६, ट्राफिक चोकको हो। उनले पनि यो फोटो प्रदेश नामाकरण र लुम्बिनी प्रदेश टुकाउन नहुने माग राखी गरिएको सभामा सहभागीहरुको फोटो भएको बताए। खनालका अनुसार फोटोमा बुटवलकाे तत्कालीन गणपति मिष्ठान्न भण्डार र एनसेलकाे क्षेत्रीय कार्यालय स्पष्ट देखिन्छ।
मंसिर २० गते सम्पूर्ण राष्ट्रवादी समाज, झापाको आह्वानमा मोटरसाइकल र्यालीको आयोजना गरिएको थियो। यसबारे समाचार र फोटो/भिडियो विभिन्न मिडियामा आएका पनि छन्। तर सामाजिक सञ्जालमा भाइरल भएको फोटो झापाको नभई बुटवलको हो।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
