- Loading...
हरियो तरकारी पकाएर खानुभन्दा धैरै गुणा फाइदाजनक हुन्छ यसको जुस
- पुनहिल डट कम
- ४ साल अघि
- २४५ पटक पढिएको
शरीरलाई स्वस्थ राख्न हरियो तरकारी धेरै फाइदाजनक हुन्छ। तर, अधिकांश मानिस यसलाई कसरी खाँदा धेरै पोषकतत्व मिल्छ भन्ने विषयमा भने दुविधामा रहन्छन्।
केही व्यक्तिहरू सलाद बनाएर खान्छन् भने केही यसको जुस स्वस्थकर मान्छन्। तरकारी फाइबरको राम्रो स्रोत हो। यसका साथै धेरै घुलनशील भिटामिनहरू पनि पाइन्छ। तरकारीलाई पकाउने बेला यसमा रहेको पोषकतत्व ‘अक्सिडेसन’ हुन्छ, जसकारण भिटामिन एकदमै कम हुन्छ।
सलाद बनाउने क्रममा तरकारीलाई स्टोर गर्ने, काट्ने र खाने जुन प्रक्रिया हुन्छ, त्यसो गर्दा पनि तरकारीमा रहेको पोषक तत्व कम हुन्छ। तरकारीलाई धेरै तापमानमा पकाउँदा पनि यसमा रहेकाे न्युट्रिसन कम हुन्छ। त्यस्तै तरकारीलाई चपाएर खाँदा पनि भिटामिन र मिनरल्स शरीरमा सुस्त गतिमा पुग्छ।
स्वास्थ्य विज्ञका अनुसार काँचो तरकारीको जुस बनाएर पिउँदा शरीरलाई फाइबर र भिटामिन पूरै र छिटै मिल्छ। तरकारीको जुस पिउँदा मिनरल्स शरीरमा जाने भएकाले पाचन प्रणालीले पनि राम्रोसँग काम गर्छ। जुस पिउँदा यसको पोषक तत्वले पेटभित्र अम्लीय वातावरण बनिरहन्छ, जबकि सलाद र तरकारी पकाएर खाँदा यस्तो हुँदैन।
तरकारीको जुस पिउँदा अर्को फाइदा पनि छ, तपाईं डाइट मज्जैसँग खान सक्नुहुन्छ, जसकाे असर तपाईंको शरीरको तौलमा पर्दैन। यद्यपि तपाईंलाई तरकारी अन्य तरिकाबाट खान कम गर्नुस् भन्न खोजिएको होइन। बरु हरेक दिन काँचो तरकारीको एक गिलास जुस पिउनुस्, यसले तपाईंको इम्यिुनिटी, छाला र कपाललाई फाइदा पुग्नेछ।