FLASH NEWS
  • Loading...

अधिक रक्तश्राव भएकी गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२३ पटक पढिएको
अधिक रक्तश्राव भएकी गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

अत्याधिक रक्तश्राव भएर सुत्केरी हुन नसकेकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बागलुङको बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङ की १९ वर्षिया बसन्ता विश्वकर्माको उद्धार गरिएको हो ।
उनलाई ढोरपाटन नगरपालिका वडा नं. १ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन नसकिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाईएको स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए ।
स्वास्थ्य केन्द्रमा प्रसुतीका लागि आएकी बिकको अत्याधिक रक्तश्राव भएको, पेटमा दुईवटा बच्चा रहेको र अन्य गर्भवतीको भन्दा असामान्य अवस्था रहेको पाईएपछि तत्काल पोखरा पठाईएको उनले बताए ।
अत्याधिक रक्तश्राव हुँदा (ए) नेगटिभ ब्लड चाहिने अवस्था आएपछि पोखरा पठाईएको हो । वडिगाड गाउँपालिकाको पहलमा गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले गर्भवतीको उद्धार गरेको हो ।