FLASH NEWS
  • Loading...

मल्लाजको साना किसान सहकारीको घुम्ती साधारण सभा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८९ पटक पढिएको
मल्लाजको साना किसान सहकारीको घुम्ती साधारण सभा

कोरोना त्रासको कारण सवै शेयर सदस्यलाई जम्मागरी साधारण सभा गर्न सक्ने अवस्था नभएपछि जलजला गाउँपालिका, ३ मल्लाजस्थित साना किसान कृषी सहकारी संस्था लिमिटेडले घुम्ती साधारण सभा गरेको छ ।
कोरोना कहर विच मंसिर भित्रै सवै सहकारीहरुले बार्षिक साधारण सभा गर्ने पर्ने कानुनी बाध्यता रहेकोले साना किसान कृषी सहकारी संस्था लिमिटेडले मल्लाजले सुरक्षा मापदण्ड अनुसार सामाजिक दुरी कायम राखी शनिवार आफ्नो १६ औं वार्षिक साधारण सभा टोल–टोलमा पुगेर रुपमा आयोजना गरेको जनाएको छ ।
कुल ८ सय ८२ जना शेयरसदस्य र ७३ लाख ३८ हजार १ सय शेयरपुँगी रहेको सहकारीले आव ०७६/०७७ मा ६ करोड ५६ लाख ८८ हजार ९ सय २४ रुपैयाँको कारोवार गरी २४ लाख ७ हजार ९ सय ८० खुद नाफा आर्जन गरेको संस्थाले जारी गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।


त्यस्तै संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत यस वर्ष स्थानीय जलजला गापा, २ स्थित समाजकल्याण आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोको पोसाक वितरण गरेको जनाएको छ । संस्थाले विद्यालयमा रहेका ८७ जना विद्यार्थीलाई ३० हजारमुल्य बरावरको पोसाक वितरण गरेको थियो ।

तस्वीर : सनिता कार्की, प्रवन्धक, साना किसान कृषी सहकारी संस्था लिमिटेड, मल्लाज