- Loading...
सडक खुलेको २१ बर्षपछि म्याग्दीखोला वसपार्क संञ्चालन
- पुनहिल डट कम
- ४ साल अघि
- १८० पटक पढिएको
सदरमुकाम बेनीबाट पश्चिम मंगला, मालिका र धौलागिरी गाउँपालिका जोड्ने बेनी–दरवाङ सडक खुलेको २१ वर्षपछि बेनीमा वल्न वसपार्क संञ्चालनमा आएको छ ।
बसपार्क नहुँदा ब्यवसायीले गाडीहरु बेनी नगरपालिकाको मुल गेट अगाडी सडकमा पाकिङ्ग गरी टिकट काउण्टर चलाएका थिए ।
बसपार्क बनेसँगै सडक ओगटेर पाकिङ गरिएका बेनी–बाग्लुङ, बेनी–बरंजा र बेनी–दरवाङहुँदै पश्चिम भेगमा चल्ने गाडीहरु वसपार्कमा सरेका छन । बेनी नगरपालिकाले सडक ब्यवस्थित गर्न १५ बर्ष अघि म्याग्दी उद्योग वाणिज्य संघले महोत्सव संञ्चालन प्रयोजनार्थ म्याग्दी खोला किनारामा निर्माण गरेको बहुउद्देश्यीय मैदानलाई नै बसपार्क बनाईएको हो । २ सय मिटर लामो र ५० मिटर चौडा प्रयोगहीन मैदानलाई नगरपालिकाले १४ लाख खर्चेर म्याग्दी नदी तर्फ डिलमा घेरावारगरी हिलाम्मे एवं खाल्डाखुल्डी मैदानलाई ग्राभेलपछि वसपार्क बुधवारदेखी औपचारिक रुपमा संञ्चालनमा आएको हो ।
‘जिल्लाको पश्चिम भेगका वस्तीमा छुट्ने गाडी पाकिङ गर्न वसपार्क नहुँदा नगरपालिका अगाडी सडकमै वसपार्क रहेको थियो । सदरमुकाम बेनीको ट्राफिक ब्यवस्थापन गर्न गाडीहरुलाई सडकबाट निश्चित ठाउँमा पार्किङ गराउन थालेका हौं’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘सदरमुकाम बेनीबजारको सडक साँघुरो तर सवारीको चाप बढी भएपछि साना सवारीको एकतर्फ पाकिङ्ग गराउने, ठूला मालवाहक गाडी र बस, जीपहरुलाई वसपार्कमा राख्ने योजना बनाएका हौं ।’
तत्कालिन जिल्ला विकास समितिले ०५५ सालदेखी विश्व खाद्य संगठनको कामकालागी खाद्यान्न कार्यक्रम अन्र्तगत सडक निर्माण थालेको हो । ०५६ सालदेखी बेनी–ताराखेत १४ किमी सडकमा औपचारिक रुपमा सार्वजनिक सवारी साधनहरु चल्न थालेका हुन । ०६२ सालको जनआन्दोलनपछि दरवाङसम्म सडक विस्तार भै ०६३ देखी बेनी–दरवाङ २४ किमी सडक िनयमित संञ्चालनमा छ ।