FLASH NEWS
  • Loading...

म्याग्दीमा २९ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाईयो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८० पटक पढिएको
म्याग्दीमा २९ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाईयो

“कोभिड(१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चिततास् अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिबद्धता” भन्ने नारा सहित २९ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस म्याग्दीमा पनि मनाईयो ।

जिल्ला समन्वय समितिको सभा हलमा समन्वय प्रमुख देवेन्द्रबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका वक्ताहरुले कार्यक्रममा अपाङ्गता भएका ब्यत्तिहरुको अधिकार, अवस्था र चुनौतिको विविध पक्षमा चर्चा गरिएको थियो । कार्यक्रममा समवन्यय अधिकारी आकांक्षा रिजाल, बेनी नगरपालिकाका योजना अधिकृत प्रकाश सुवेदी, शिक्षा विकास तथा समवन्यय इकाईकी लोखजोखा केन्द्र संयोजक कल्पना केसीसमेत वक्ताहरुले अपाङ्गता भएको ब्यक्तिहरुको जिल्लामा अवस्था र गर्नु पर्ने कामको वारेमा चर्चा गरेका थिए ।

कार्यक्रमको संञ्चालन अपाङग संघका सुरेन्द्र खत्री, अध्यक्षता गणेश सुवेदी र स्वागत वौद्धिक अपाङगता अभिभावक संघका यामबहादुर बानियाले गरेका थिए ।

त्यसैविच राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छिन ।

नेपालको संविधान २०७२ मा अपाङगताको अधिकारहरु : 

संविधानको धारा ४१ क अपाङ्गता भएका व्यक्तिहरूको हकः ९१० राज्यका सबै निकायमा अपाङ्गता भएका व्यक्तिलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक । सार्वजनिक सेवा लगायतका रोजगारीका अन्य क्षेत्रमा अपाङ्गता भएका व्यक्ति हरूको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानून बमोजिम विशेष व्यवस्था गरिनेछ ।

त्यस्तै धारा ९२० अपाङ्गता भएका विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानून बमोजिम छात्रवृत्ति सहित निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ । प्राविधिक र व्यावसायिक उच्च शिक्षामा अपाङ्गता भएका व्यक्तिका लागि कानून बमोजिम विशेष व्यवस्था गरिनेछ । ९३० अपाङ्गता भएका महिला, बालबालिका तथा जेष्ठनागरिकहरूलाई स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न कानून बमोजिम विशेष व्यवस्था गरिनेछ । ९४० सबै प्रकारका अपाङ्गता भएका व्यक्ति हरूलाई आफ्नो दैनिक प्रयोगका निम्ति आवश्यक पर्ने सबै सहायक सामाग्रीहरु, ब्रेल लिपि, सांकेतिक भाषा, स्पर्स सञ्चार, पहुचयुक्त प्रविधिको प्रयोग, संरक्षण र विकास गर्ने हक हुनेछ । राज्यले अपाङ्गता भएका व्यक्ति हरूका आवश्यक वस्तु, सेवा तथा प्रविधि समेतको उत्पादन र विकासका निम्ति उनीहरूलाई प्राथमिकता दिई त्यसका लागि आवश्यक पर्ने सीप र स्रोत उपलब्ध गराउनेछ । ९५० राज्यले भूमिहीन अपाङ्गता भएका व्यक्तिलाई कानून बमोजिम जमीन उपलब्ध गराउनेछ र आवासविहीन अपाङ्गता भएका व्यक्तिलाई कानून बमोजिम नै बसोबासको समेत व्यवस्था गर्नेछ ।
त्यस्तै धारा ९६० अपाङ्गता भएका व्यक्ति हरूलाई यस धाराद्वारा प्रदत्त सुविधा प्रदान गर्दा लैङ्गिक समानताका आधारमा गरिनुका साथै सबै समुदायमा रहेका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले समानुपातिक रूपमा प्राप्त गर्ने गरी न्यायोचित वितरण गर्नु पर्नेछ
९७० अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ ।९८० यस धाराको प्रतिकूल हुने गरी भएका सबै प्रकारका भेदभावजन्य कार्य अर्थात अपाङ्गताका आधारमा गरिने सबै प्रकारका विभेदहरू गम्भीर सामाजिक अपराधका रूपमा कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल