FLASH NEWS
  • Loading...

चन्द्रमामा अवतरण गर्‍यो चीनको ‘चाङ्ग ई-५’ अन्तरिक्ष यान, पृथ्वीमा चट्टान ल्याउने

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३३९ पटक पढिएको
चन्द्रमामा अवतरण गर्‍यो चीनको ‘चाङ्ग ई-५’ अन्तरिक्ष यान, पृथ्वीमा चट्टान ल्याउने

बीबीसी। चीनले आफ्नो अर्को एक अन्तरिक्ष यानलाई सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ। ‘रोबोटिक मुन मिसन चाङ्ग ई–५’ यान चन्द्रमाको निर्धारित सतह नजिक सहजताका साथ अवतरण गरेको हो।

यो यानले चन्द्रमा रहेको माटो र चट्टान एकत्रित गरी केही दिनमा पृथ्वीमा पठाउने छ। चीनले उक्त माटो र चट्टानको अध्ययन गर्ने जनाएको छ।

यानलाई मान्स रुमकेरमा अवतरण गर्ने योजना बनाइएको थियो, जुन चन्द्रमाको ज्वालामुखी पहाड नजिक रहेको थियो। माटो र चट्टान लिन पठाइएको यानमा क्यामरा, रडार, एक ड्रिल मेसिन र स्पेक्ट्रोमिटर जडान गरिएको छ।

यानमा जडान गरिएका उपकरणले दुई किलोसम्म वजन भएको माटो र चट्टानलाई एकत्रित गर्न सक्छ। जम्मा गरिएको माटो र चट्टानलाई एक अर्विटिङ मिसनसम्म पुर्‍याउँछ जसले यसलाई पृथ्वीमा पठाउनेछ।

यसअघि ४४ वर्ष पहिला रुसले लूना २४ मिसनले चन्द्रमाको सतहबाट २०० ग्राम माटो पृथ्वीमा ल्याएको थियो। एक साता अघि यस यानको प्रक्षेपणलाई चिनियाँ टेलिभिजन च्यानलहरुले प्रत्यक्ष प्रसारण गरेका थिए। तर, यानले अवतरण गरेको दृश्यलाई भने टेलिभिजनमा प्रत्यक्ष देखाइएन।

जब यानले चन्द्रमाको सतहमा अवतरण गर्‍यो, त्यसपछि मात्र उक्त दृश्य टेलिभिजनमा देखिाइएको थियो। यान चन्द्रमाको सतहमा अवतरण गरेपछि खिचेका फोटोहरू पनि चिनियाँ टेलिभिजनले देखाएका थिए।

चिनियाँ स्पेस एजेन्सीका अनुसार स्थानीय समयअनुसार यान गएको राती २३:११ बजे चन्द्रमाको सतहमा अवतरण गरेको थियो। सफलतापूर्वक यान चन्द्रमामा अवतरण गर्न सफल भएकोमा अमेरिकी स्पेस एजेन्सीले चीनलाई बधाई दिएको छ।

८.२ टनको चाङ्ग ई–५ अन्तरिक्षयानलाई चीनले नोभेम्वर २४ का दिन दक्षिणी चीनको वेनचाङ्ग स्टेशनबाट प्रक्षेपण गरेको थियो। चीनले यसअघि सन् २०१३  २०१९ मा पनि अन्तरिक्षयान चन्द्रमामा पठाएको थियो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल