- Loading...
चन्द्रमामा अवतरण गर्यो चीनको ‘चाङ्ग ई-५’ अन्तरिक्ष यान, पृथ्वीमा चट्टान ल्याउने
- पुनहिल डट कम
- ४ साल अघि
- २६५ पटक पढिएको

बीबीसी। चीनले आफ्नो अर्को एक अन्तरिक्ष यानलाई सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ। ‘रोबोटिक मुन मिसन चाङ्ग ई–५’ यान चन्द्रमाको निर्धारित सतह नजिक सहजताका साथ अवतरण गरेको हो।
यो यानले चन्द्रमा रहेको माटो र चट्टान एकत्रित गरी केही दिनमा पृथ्वीमा पठाउने छ। चीनले उक्त माटो र चट्टानको अध्ययन गर्ने जनाएको छ।
यानलाई मान्स रुमकेरमा अवतरण गर्ने योजना बनाइएको थियो, जुन चन्द्रमाको ज्वालामुखी पहाड नजिक रहेको थियो। माटो र चट्टान लिन पठाइएको यानमा क्यामरा, रडार, एक ड्रिल मेसिन र स्पेक्ट्रोमिटर जडान गरिएको छ।
यानमा जडान गरिएका उपकरणले दुई किलोसम्म वजन भएको माटो र चट्टानलाई एकत्रित गर्न सक्छ। जम्मा गरिएको माटो र चट्टानलाई एक अर्विटिङ मिसनसम्म पुर्याउँछ जसले यसलाई पृथ्वीमा पठाउनेछ।
यसअघि ४४ वर्ष पहिला रुसले लूना २४ मिसनले चन्द्रमाको सतहबाट २०० ग्राम माटो पृथ्वीमा ल्याएको थियो। एक साता अघि यस यानको प्रक्षेपणलाई चिनियाँ टेलिभिजन च्यानलहरुले प्रत्यक्ष प्रसारण गरेका थिए। तर, यानले अवतरण गरेको दृश्यलाई भने टेलिभिजनमा प्रत्यक्ष देखाइएन।
जब यानले चन्द्रमाको सतहमा अवतरण गर्यो, त्यसपछि मात्र उक्त दृश्य टेलिभिजनमा देखिाइएको थियो। यान चन्द्रमाको सतहमा अवतरण गरेपछि खिचेका फोटोहरू पनि चिनियाँ टेलिभिजनले देखाएका थिए।
चिनियाँ स्पेस एजेन्सीका अनुसार स्थानीय समयअनुसार यान गएको राती २३:११ बजे चन्द्रमाको सतहमा अवतरण गरेको थियो। सफलतापूर्वक यान चन्द्रमामा अवतरण गर्न सफल भएकोमा अमेरिकी स्पेस एजेन्सीले चीनलाई बधाई दिएको छ।
८.२ टनको चाङ्ग ई–५ अन्तरिक्षयानलाई चीनले नोभेम्वर २४ का दिन दक्षिणी चीनको वेनचाङ्ग स्टेशनबाट प्रक्षेपण गरेको थियो। चीनले यसअघि सन् २०१३ २०१९ मा पनि अन्तरिक्षयान चन्द्रमामा पठाएको थियो।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
