- Loading...
चीनको खतरनाक भनाइ, नेपालको सार्वभौमिकताको रक्षामा सहयोग गर्न चीन तयार छ
- पुनहिल डट कम
- ४ साल अघि
- ३१५ पटक पढिएको

चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको नेपाल भ्रमणपछि चीनले नेपालको राष्ट्रिय अखण्डताको रक्षालाई सहयोग गर्ने बताएको छ।
चीनको रक्षामन्त्रालयद्वारा भ्रमणबारे जारी न्यूज रिलिज (समाचार विज्ञप्ति) मा सो कुरा उल्लेख गरेको छ तर उसले कसरी नेपालको राष्ट्रिय अखण्डताको रक्षामा सहयोग गर्छ र नेपालको राष्ट्रिय अखण्डतामा खतरा कोबाट उत्पन्न भएकाले रक्षा गर्ने कुरा गरेको हो भन्ने चाहिँ उल्लेख छैन।
रक्षामन्त्री वेईको भनाइ उद्धृत गर्दै सोमबार जारी सो विज्ञप्तिमा गरिएको यो आश्चर्यजनक र अस्वभाविक दावी गर्दै भनिएको छ, ‘वेईले नेपालको एक चीन नीतिको उच्च सह्राहना गरेको र चीनले पनि नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्न उल्लेख्य सहयोग गर्ने बताएका छन्।’ चीनका रक्षामन्त्री वेईले यो कुरा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसंग कुराकानीका सन्दर्भमा भनेका थिए।
चीनको रक्षा मन्त्रालयद्वारा जारी सो न्यूज रिलिजमा रक्षामन्त्री वेईले नेपाल र चीनका बीच भएका उच्चस्तरीय भ्रमणहरुले नेपाल र चीनको सम्बन्धलाई अपग्रेड गर्दै रणनीतिकस्तर पुगेको दावी गरेका छन्। यस्तै दावी गत बर्ष चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि जारी भएको संयुक्त वक्तब्यमा पनि गरिएको थियो।
राष्ट्रपति भण्डारीले किन भनिन् यस्तो ?
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको स्थायीत्वका लागि चीनले योगदान दिएको चिनियाँ रक्षामन्त्रीसँग बताएको खुलासा चीनको रक्षामन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। चीनले नेपालको स्थायीत्वमा दिएको योगदान के हो भन्ने चाहिं विज्ञप्तिमा उल्लेख छैन।
राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै चिनियाँ विज्ञप्तिमा भनिएको छ, ‘भण्डारीले कोभिड १९ विरुद्धको लडाईंमा राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले हासिल गरेको जीतका लागि बधाइ दिएको र नेपालको आर्थिक विकास तथा सामाजिक स्थायित्वमा दिएको चीनको सहयोगका लागि कृतज्ञता व्यक्त गरेकी छिन्।’
दक्षिणी छिमेकी मुलुक भारतले नेपालको भूमि मिचेको र यही कारण दुईदेशका बीचको लामो समयसम्म संवादहीनता रहेको, नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्दै आएको र सरकार बनाउने र गिराउने काममा भारतको प्रत्यक्ष संलग्नता हुने गरेको परिस्थितिमा चीनका रक्षामन्त्रीले नेपालको सार्वभौमिकता, राष्ट्रियता स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्न सहयोग गर्ने सन्दर्भ उठाएको हुनसक्ने देखिन्छ।
कसरी गर्छ चीनले नेपालको स्वाधीनताको रक्षा ?
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि नेपाललाई अरु कुनै मित्र राष्ट्रको सहयोग आवश्यक छैन। तर, छिमेकी मुलुकहरुले नेपालको सीमामा हस्तक्षेप गर्ने प्रयास छोडेमात्र नेपालका लागि ठूलो सहयोग पुग्छ। चीनले भारत र चीनका बीच सन् २०१५ मा भएको दुईपक्षीय समझदारीमा नेपाली भूमिलाई भारत र चीनका बीचको विन्दू मान्ने कुरा उल्लेख गरेर नेपालको सार्वभौमिकतामाथि आघात पुर्याइसकेको छ।
र, यसबारे आधिकारिकरुपमा चीनले गल्ती स्वीकार गरेको पनि छैन। यस्तो परिस्थितिमा चीनले नेपालको स्वाधीनताको रक्षामा खेल्ने भूमिका के हुनसक्छ ? के भारतले नेपालको सीमा हस्तक्षेप गर्दै गए त्यसलाई रोक्न चीनले फौजी मद्धत गर्न खोजेको हो? यो कुरा स्पष्ट छैन र नेपाललाई अरु देशको फौजी मद्धतको पनि आवश्यकता छैन।
तथ्यांकहरुले स्पष्ट के देखाएका छन् भने नेपालीहरुले आणविक शक्ति सम्पन्न केही मुलुकहरुको सुरक्षामा समेत योगदान दिँदै आएको छ। छिमेकी मुलुक भारतमा ७० हजारको संख्यामा भारतीय सेना तथा प्रहरीमा नेपालीहरुले योगदान दिँदै आएका छन् भने बेलायतमा अझै पनि चारदेखि पाँच हजारसम्म गोर्खा फौजमा बसेर बेलायतको स्वाधीनताको रक्षामा खटिएका छन्।
अमेरिका र क्यानडाले समेत अफगानिस्तानस्थित दूतावासहरुमा नेपालका पूर्वसैनिक तथा प्रहरीहरु रिक्रुट गरी दूतावासको सुरक्षाका लागि खटाएका छन्।
ब्रिटिस र नेपालीलाई लडाउन चाहान्थ्यो चीन
इतिहासले प्रमाणित गरिसकेको तथ्य के हो भने, ब्रिटिशहरुको दवदवा भएका बेला एशियाका प्राय सबै मुलुकहरु बेलायतको अधिनस्त भए पनि नेपाल एकमात्र स्वाधीन मुलुक भएर रहेको हो।
अमेरिकाका चर्चित नेता एवं पूर्वविदेशमन्त्री हेनरी किसिन्जरले एशियामा ब्रिटिस राज भएका बेला बेलायत र नेपाल दुबैको दवदवाबाट बच्न चीनले ब्रिटिस र नेपालीबीच लडाइ भइरहोस् भन्ने चाहेको र त्यहीअनुसारको नीति चीनले लिएको उल्लेख गरेका छन्।
उनको चर्चित पुस्तक ‘अन चाइना’ मा उनले नेपालको प्रसंग उल्लेख गर्दै गोर्खाज् र ब्रिटिश लडिराखे एउटाले अर्कालाई हराउन नसक्ने तर एकआपसमा इन्गेज भइरहने हुनाले दुबैले चीनतिर आंखा लगाउन नसक्ने चीनको रणनीतिबारे चर्चा गरेका छन्।
सेनापतिले दिए कतै नलाग्ने सन्देश
चिनियाँ रक्षामन्त्री बेईले औपचारिक वार्ता नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपाली सेनाको मुख्यालय भद्रकालीमा गरेका थिए। प्रधानमन्त्री ओलीले आफ्नोतर्फबाट सेनापति थापालाई नै वार्ता गर्ने अधिकार दिएपछि थापा र बेईबीच वार्ता भएको बताइएको छ।
वार्ताका क्रममा सेनापति थापाले भारतलाई झैं चीनलाई पनि स्पष्ट सन्देश दिएका थिए। उनले नेपाल कुनै पनि छिमेकी मुलुकको पक्ष विपक्षमा नलागी सबैसँग सौहार्दतापूर्ण सम्बन्ध बनाउन प्रतिबद्ध भएको बताएको उच्च सैनिक स्रोतले बतायो।
उनले नेपाल दरिलो बन्न सकेमा छिमेकीहरुका सुरक्षा संवेदनशीलताको ख्याल राख्न सक्षम हुने हुँदा नेपाललाई दरिलो बनाउनु आवश्यक रहेको बताउँदै हामी र हाम्रो भूमिमा खेलेर अस्थिरता ल्याउने कुरालाई नेपालले नसहने सन्देश पनि उनले दिएका थिए।
भारतीय सेनापति मनोजमुकुन्द नरवणेको भ्रमणका बेलाझैं चीनका रक्षामन्त्रीको भ्रमणका सन्दर्भमा पनि नेपाली सेनाले कुनै आर्थिक सहयोगको अपेक्षा राखेन। सेनाले रक्षामन्त्री वेईलाई पनि भारतीय सेनापति नरवणेलाई झैं नेपालको सुरक्षा र संवेदनशीलताबारे ब्रिफिङ्ग दिएको थियो। डिसी नेपाल डटकममा यो समाचार छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
