FLASH NEWS
  • Loading...

म्याग्दीमा नेकपाको पार्टी कार्लालय तत्काल दुवै समुहले प्रयोग नगर्ने सहमति

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७७ पटक पढिएको
म्याग्दीमा नेकपाको पार्टी कार्लालय तत्काल दुवै समुहले प्रयोग नगर्ने सहमति

म्याग्दीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली र दहाल–नेपाल समुहले बेनी नगरपालिका, २ हाँडेभिर स्थित जिल्ला पार्टी कार्यालयमा तत्काल भेला/बैठक नगर्ने भद्र सहमति गरेका छन ।
सहमतिपछि दहाल–नेपाल समुहले आईतवार बेनीमा बोलाएको कार्याकर्ता भेला बेनीको विरेन्द्रचोक स्थित भुपु सैनिक कल्याणकारी बचत तथा ऋण सहकागीको सभाहलमा आयोजना गरेको छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि दहाल–नेपाल समुहले पार्टी कार्यालयमै कार्यकर्ता भेला भै विरोज जुलुस निकालेका थिए । दोस्रो दिन ओली समुहका युवा/विद्यार्थीले कार्यालयमा जम्मा भै भेला वैठक आयोजना गरेका थिए । दुवै समुह विच पार्टी कार्यालय उपभोग गर्ने विषयमा तनावको स्थिती आएपछि तत्कालिन जिल्ला सचिव एवं तटस्थ्य बताउँदै आएका हरीकृष्ण श्रेष्ठले तत्काल जिल्ला पार्टी कार्यालय दुवै समुहले उपयोग नगर्न सहमत गराएका हुन ।
‘नेकपा र उसको सम्पत्ती भोगाधिकारको कानुनी टुङ्गो र ब्यवहारिक रुपमा जिल्ला पार्टी कार्यालयको ऋणधनको दायीत्व वहनको टुङ्गो नलाग्दासम्म पार्टी कार्यालयमा एक पक्षले कब्जा जमाउनु उचित हुँदैन’ साविक नेकपा सचिव रहेका हरिकृष्ण श्रेष्ठले भने, ‘हामी जिल्लाका कार्यकर्ताको कारण पार्टी विभाजनको अवस्थामा पुगेकै होईन । एक आपसमा ब्यक्तिगत गालीगलौज र तिक्क्ततापूर्ण वातावरण बनाउनै हुँदैन । फेरी जो जता लागेपनि विगतको दायित्व पनि त लिनु पऱ्यो नि ?’
बेनी नगरपालिका, २ हाँडेभिरमा नेकपाको दुई तल्ले भवन रहेको छ । मालपोत कार्यालयको अभिलेखमा उक्त पार्टी कार्यालय भवन रहेको ८ आना जग्गा सहिद स्मृति प्रतिष्ठानको नाममा र बाँकी सडक तर्फको खाली ४ आना जग्गा नेकपा एमालेको नाममा रजिष्ट्ेरसन पास भएको छ ।
त्यसैगरी नेकपा म्याग्दीको भवन निर्माण गर्न बेनीको एक बचत तथा ऋण सहकारीबाट लिएको ४० लाखबढी ऋण दायित्व रहेको छ । उक्त रिऋ जमानी बसेका नाम नखुलाईएका दुई जना नेकपा कार्याकर्ताहरु हाल ओली र दहाल–नेपाल समुहमा बाँडिएका छन ।