FLASH NEWS
  • Loading...

अपाङ्गता भएका ब्यक्तिलाई खाद्यान्न तथा जाडोमा ओढ्ने न्यानो कपडा सहयोग

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १९५ पटक पढिएको
अपाङ्गता भएका ब्यक्तिलाई खाद्यान्न तथा जाडोमा ओढ्ने न्यानो कपडा सहयोग

राष्ट्रिय अपाङ्ग महाँसघ नेपालले, सिविएम नेपालको सहयोगमा म्याग्दीका अपाङ्गता भएका ११ जनालाई खाद्यान्न तथा जाडोमा ओढ्ने न्यानो कपडा सहयोग गरेको छ ।
अपाङ्ग संघ म्याग्दीको संयोजनमा भएको कार्यक्रममा प्रति ब्यक्ति २ सेट जाडोमा ओढ्ने ब्लान्केट, ३० केजी चामल, ३ केजी दाल, नुन, तेल, सेनीटरी प्याड, झाडन, नुहाउने सावुन, लुगाधुने सावुन, टुथव्रस तथा सरसफाईका सामाग्री हस्तान्त्रण गरिएको अपाङ्ग महासघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले बताए ।