- Loading...
महासंघको वरिष्ठ उपाध्यक्षमा ५४.२६% मतसहित चन्द्र ढकाल विजयी
- पुनहिल डट कम
- ४ साल अघि
- ४०० पटक पढिएको

निकै कडा प्रतिस्पर्धाका बीच नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले जित हासिल गरेका छन् ।
भर्खरै सम्पन्न मतगणनाअनुसार वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी ढकालले जित हासिल गरेका हुन् । निर्वाचन समितिका अनुसार ढकालले ५४.२६ मत ल्याएर जित हासिल गरेका हुन् । उनका प्रत्यासी प्रधानले ४५.७४ प्रतिशत मत मात्र ल्याए ।
ढकालले ५० प्रतिशत मतभार रहेको जिल्लानगरबाट आफ्ना प्रत्यासी किशोर प्रधानभन्दा १ मत मात्र काम पाए । तर, ३० प्रतिशत मतभार रहेको एशोसिएट र २० प्रतिशत मतभार रहेको वस्तुगततर्फ भने प्रधानलाई केही फराकिलो अन्तरले पछार्न सफल भए ।
जिल्लानगरतर्फ खसेको कुल १०५ मतमध्ये ५३ मत किशोर प्रधानले पाएका थिए भने ५२ मत चन्द्र ढकालले पाएका थिए । यस्तै, वस्तुगततर्फ ढकालले ५९ मत प्राप्त गरेका थिए भने किशोर प्रधानले ३९ मत प्राप्त गरे । यसरी वस्तुगतमा चन्द्र ढकालले कुल खसेको मतको ५८.४१ प्रतिशत, किशोर प्रधानले ३८.६१ प्रतिशत मत प्राप्त गरे ।
वस्तुगतर्फ १०१ मत खसेको थियो । जसमध्ये ३ मत बद्धर भएको थियो । यो समूहतर्फको मतभार २० प्रतिशत रहेको छ । यसैगरी, एशोसिएटतर्फबाट वरिष्ठ उपाध्यक्षका लागि खसेको मतगणना गरिएको थियो । जसअनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकालले ५२२ मत पाए । उनका प्रत्यासी किशोरकुमार प्रधानले ३७४ मत मात्रै पाए । यसरी एशोसिएटतर्फ चन्द्रप्रसाद ढकालले कुल खसेको मतको ५८.०६४ प्रतिशत मत पाएका छन् भने प्रधानले ४१.६० प्रतिशत मत पाएका छन् । ०.२२२ प्रतिशत मत बद्धर भएको छ ।
एशोसिएटतर्फ खसेको कुल ८९९ मतमध्ये २ मत बद्धर भएको थियो । यसतर्फको मतभार ३० प्रतिशत हो । एशोसिएटतर्फको उपाध्यक्षमा पनि चन्द्रप्रसाद ढकाल प्यानलका रामचन्द्र संघाई विजयी भए । यस्तै, जिल्लानगरतर्फका उपाध्यक्ष पदमा प्रधान प्यानलका दिनेश श्रेष्ठ र वस्तुगततर्फ पनि प्रधान प्यानलकै अञ्जन श्रेष्ठ विजयी भए ।
जिल्लानगरबाट कार्यसमिति सदस्यमा प्रधान समूहका बहुसंख्यक उम्मेद्वार विजयी भए । वस्तुगततर्फ दुवै पक्षका बराबर सदस्य निर्वाचित भएका छन् । एशोसिएटतर्फका सदस्य पदमा पनि मिश्रित परिणाम आयो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
