- Loading...
गुल्मी दुर्घटना : मृतक संख्या ६ पुग्यो
- पुनहिल डट कम
- ४ साल अघि
- २०८ पटक पढिएको

गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । गम्भीर घाइते दुई जनामध्ये इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा मृत्यु भएको हो ।
जिल्ला अस्पताल लगिएका उनको बिहान ९:५५ मा मृत्यु भएको प्रहरीले जनाएकाे छ । यसअघि पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप सडकबाट खसेको हो ।
इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीका अनुसार घटनास्थलमै मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा छन् । अर्की घाइते २८ वर्षीया सरस्वती दर्लामीको उपचार भइरहेको छ ।
जिपमा चालक र सहचालकसमेत गरी नौ जना सवार थिए । सडकमा घुम्ती मोड्न नसकेपछि जिप भिरबाट खसेको सहचालक कमल हितानले बताएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेको प्रहरीले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
