FLASH NEWS
  • Loading...

‘हामी स्वर्गमा साथमा फुटबल खेल्नेछौं’

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०२ पटक पढिएको
‘हामी स्वर्गमा साथमा फुटबल खेल्नेछौं’

दिग्गज फुटबल खेलाडी पेलेले ‘महान मित्र’ डिएगो म्याराडोनाको लागि श्रद्धाञ्जली दिँदै आफूहरु स्वर्गमा फेरि साथमा फुटबल खेल्ने इच्छा व्यक्त गरेका छन् । म्याराडोनाको हृदयाघातका कारण ६० वर्षको उमेरमा निधन भएको हो । यी दुवै खेलाडीलाई फुटबल इतिहासका सर्वकालीन महान खेलाडी मानिन्छ । यी दुवैले आ–आफ्नो देशको लागि विश्वकपको उपाधि दिलाएका थिए ।

मैले एउटा महान साथीलाई गुमाएँ र विश्वले एउटा लिजेण्डलाई गुमायो’ गत महिना ८० वर्ष पुगेका पेलेले ट्वीटरमा लेखेका छन् ‘यहाँ अझै भन्नुपर्ने कुराहरु धेरै छन् तर अहिलेको लागि भगवानले उनको परिवारलाई शक्ति दिउन् । एक दिन, मलाई आशा छ हामी स्वर्गमा साथमा फुटबल खेल्नेछौं ।’ म्याराडोनाले १९८६ मा २५ वर्षको उमेरमा अर्जेन्टिनालाई विश्वकप दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । पेलेले पहिलो पटक किशोर उमेरमा आफ्नो देश ब्राजिललाई १९५८ को विश्वकप दिलाएका थिए ।

सन् २००० मा विश्व फुटबलको नियामक निकाय फिफाले १९०० को शताब्दीको फुटबल टिम छान्दा पेले र म्याराडोना साथमा टिममा परेका थिए । पेले म्याराडोनालाई श्रद्धाञ्जली दिने हाइपेफाइल व्यक्तित्वमध्येका एक हुन् । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले म्याराडोनाको निधनमा ३ दिनको लागि राष्ट्रव्यापी शोकको घोषणा गरेका छन् । युइएफएका अध्यक्ष अजेन्जेन्डर सेफेरिनले यो हप्ता युरोपियन लिगका हरेक खेल सुरु हुनुअघि एक मिनेट मौनधारण गरिने घोषणा गरेका छन् ।