- Loading...
सेतो रिबन अभियान
- पुनहिल डट कम
- ४ साल अघि
- २९७ पटक पढिएको

महिला तथा बालिका विरुद्धका हिंसा कहिले गर्नु गर्नुहुँदैन, महिला तथा बालवालिकाका विरुद्धका हिंसाको कहिले उपेक्षा गर्नुहुँदैन र हिंसा खपेर बस्न हुँदैन भन्ने उद्धेश्यका साथ सेतो रिबनको अभियान सुरु भएको हो ।
सेतो रिबन अभियान पुरुषवर्गबाट महिला एवं बालिकाहरु प्रति हुने हिंसाको विरुद्धमा पुरुष र युवाहरुद्वारा आफ्नो व्यक्तिगत रुपमा वा संस्थागत रुपमा गरिने प्रतिवद्धताको अभियान हो । यसको सुरुवात महिला तथा वालिकाका विरुद्ध भइरहेको हिंसाको बारेमा बोल्ने जिम्मेवार पुरुषवर्गले लिनुपर्दछ भन्ने बिचारबाट सन् १९९१ मा क्यानडाका केहि पुरुषबाट सुरु भएको थियो । क्यानडामा सानो तयारी पछि गरिएको यस कार्यक्रमबाट लाखौं पुरुषहरुले सेतो रिबन लगाएर प्रतिबद्धता जनाएका थिए । सेतो रिबन लगाउनु भनेको पुरुषबाट महिला तथा बालिकामाथि गरिने हिंसाको विरुद्ध पुरुष वर्गबाटै देखाएका प्रतिबद्धताको संकेत हो ।
यो अभियान देश अनुसार फरक फरक ढंग र समयमा मनाइने भएता पनि हरेक बर्ष लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा अझ विशेष रुपमा मनाउने गरिन्छ । हाम्रो देशमा सन् २००६ देखि अन्तराष्ट्रिय नारी दिवस अर्थात मार्च ८ मा सेतो रिबन अभियान सुरु गरिएको थियो ।
अन्त्यमा, आजको २१ औं शताब्दिको ज्ञान–विज्ञानको युग, सुचना प्रविधि र सामाजिक संजालको अधिकतम् प्रयोग भएको समय, राष्ट्रमा महिलाले उचतम् पदमा आसिन भएको अवस्था छ । अझै पनि ग्रामिण भेगका महिलाहरु, ठूला कुलघरानाका महिलाहरु जो इज्जत जाने डरले बाहिर कुरा निकाल्न नसकिरहेका, शहरबजारमा बसेर पनि शिक्षाको पहुँचबाट टाढा भएका महिला तथा बालिकाहरु बढी पिडित देखिन्छन् । धन र घमण्डले भरीपूर्ण भई संस्कार नपाएकाहरु, शिक्षित भनाउँदाहरु अर्थात ठूलोठालु हुँ भन्नेहरु, राजनैतिकरुपमा सत्ताको आड पाएका मतियारहरु, नियमित मादक पदार्थ सेवनकर्ताहरु अर्थात नसाको कुलतमा फसेकाहरु, म एक आमाबाट जन्मेको पुरुष हो भन्ने ज्ञान नभएका बिवेकहिनहरुबाट घरपरिवार भित्र वा बाहिर महिलाहरु हिंसाको शिकार हुनपरेको तितो यथार्थ हामीसमक्ष यथेस्ट छन् ।
महिला हिंसा विरुद्धका प्रयासहरु नभएका होइनन् तर सार्थक प्रयासको खाँचो टड्कारो रुपमा खड्किएको छ । आजको दिन बिशेष छ, आफ्नी आमा, श्रीमती, दिदिबहिनी, छोरी–चेली, नन्द–भाउजु–बुहारी सबैलाई हिंसाबाट बचाऔं । हामी सबै मिलेर महिला हिंसा सदासर्वदा अन्त्यको लागि साझा प्रण गरौं ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
