- Loading...
सुरक्षा चासो व्यक्त गर्दै भारत, के-के हुँदैछ छलफल ?
- पुनहिल डट कम
- ४ साल अघि
- ४१६ पटक पढिएको

नेपाल-भारत विगत एक वर्षदेखि निकै गहिरोसँग चिसिएको सम्बन्ध विदेश सचिव स्तरबाट हुन लागेको भ्रमणले पुनः सामान्यीकरणमा फर्काउने अपेक्षा गरिएको छ । भारतले गत वर्षको नोभेम्बर ३ मा नयाँ नक्सा जारी गर्दा नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नोमा समेटेपछि नेपाल र भारतबीच सम्वन्धमा तिक्तता आएको थियो ।
नेपालले भारतलाई कूटनीतिक विरोध पत्र समेत दियो तर भारतले नेपालको उक्त कुरालाई वास्ता नगरी आफ्नो कार्यमा लागि रह्यो । त्सपछि भारतले नेपालको भूभागमै चीन तर्फ जोड्ने आफ्नो सडक समेत निर्माण गरेपछि नेपालले पनि आफ्नो भूभाग समेटेर नयाँ नक्सा जारी गर्यो ।
नेपाली भाषी विदेश सचिव हर्षवर्द्धन श्रृंगला विहिबार काठमाडौं ओर्लदै छन् । उनी नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणमा आउन लागेका हुन । यसअघि भारतबाट गुप्तचर र सेनाका प्रमुखले भ्रमण गरेर गैसकेका छन । अघिल्ला दुई भ्रमणले नेपाल र भारतको सम्वन्ध कतै सुरक्षा निकाय वा गुप्तार निकायले चलाउने त होइन भन्ने आशंका पैदा भएको थियो । तर, विदेश सचिव नै आएर कुटनीतिक ट्र्याकमा सम्वन्ध ल्याएको बुझाई परराष्ट्र अधिकारीको छ ।
नेपाली भूभागमा आफ्ना सैनिक राखेर बसेको भारतले त्यस भूभागलाई गत वर्ष आफ्नो राजनीतिक नक्सामा नै गाभेको थियो । उक्त रणनीतिक र सामारिक महत्व भएको नेपाली भूभागलाई गाभेपछि नेपालभित्र लामो बहस मात्र भएन भारत विरोधी भावना झन फैलियो ।
नेपालको भूमि लिपुलेक भएर तिब्बतको कैलाश मानसरोवर पुग्ने बाटो निर्माणपछि उद्घाटन नै गरेपछि नेपालले पनि आफ्नो राजनीतिक एवं प्रशासनिक नक्सा अद्यावधिक गरेको थियो । यसको यथार्थ भारतलाई राम्रोसँग जानकारी भएपनि यसमा मिचाहा प्रवृत्ति भनिएको छ । भारतसँगको सबै समस्यालाई नेपालले वार्ता, संवाद र सहमतिका आधारमा समाधान गर्ने बताउँदै आएको छ ।
छलफलको विषय
कोभिड-१९ तथा अन्य कारणले करीब एक वर्ष टुटेको नेपाल र भारतबीचको औपचारिक सम्वन्ध पुनः लिकमा आउने बताइएको छ । आएकै दिन उनले परराष्ट्र सचिव पौड्यालसँग एक्लाएक्लै भेट्ने छन् । त्यही दिन उनले सचिव स्तरीय वार्ता पनि गर्न कार्यक्रम छ । नेपाल-भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा त्यहाँ छलफल हुनेछ ।
राजनीतिक सम्बन्धका विविध आयाम, सिमाना, डुवान, सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षा, प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन लगायत विषयमा छलफल हुने परराष्ट्र अधिकारीले जानकारी दिए ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग शिष्टाचार भेट गर्नेछन । उनले उक्त भेटामा नेपालको चाहना र यहाँका सरकार प्रमुखको सन्देश भारत सरकारसमक्ष प्रवाह गर्ने छन् । उनले राजनीतिक दलका नेताहरुसँग पनि छुट्टै भेटवार्ता गर्ने तय भएको छ ।
भारतको सुरक्षा चासोका बारेमा पनि उनले सरकारको तर्फबाट धारणा व्यक्त गर्नेछन् । यो बैठकसँगै नेपाल र भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागि हुन मन्त्री ज्ञवालीलाई उनले विदेश सचिव एस जयशंकरको निमन्त्रणा पनि दिने कार्यक्रम छ । यही महिना वा पुसको पहिलो साता आयोगको बैठक नयाँ दिल्लीमा बस्ने तयारी छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
