- Loading...
बेनीका विद्यालय अर्को हप्ताबाट खुल्ने
- पुनहिल डट कम
- ४ साल अघि
- २८९ पटक पढिएको

चैतदेखी बन्द रहेका बेनी नगरपालिका भित्रका निजी तथा सामुदायीक विद्यालयहरु ८ महिनापछि आईतवार/सोमबार देखी संञ्चालन हुँदै छन ।
कात्तिक २२ गतेको मन्त्रीपरिषद वैठकले विद्यालय संञ्चालन कार्यढाँचा, ०७७ स्वीकृत गरेसँगै बेनी नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्डको कडा परिपालना गर्ने सर्तमा बन्द विद्यालयहरु खुलाई पठन–पाठन संञ्चालन गर्ने निर्णय गरेको हो ।
‘कोरोना संक्रमणको जोखिमको आंकलन गरी स्थानीय सरकारले नै विद्यालय खोल्न सक्ने गरी संघिय सरकारले विद्यालय संञ्चालन कार्यढाँचाले स्वीकृत भएको अवस्थामा हामीले पनि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नेगरी विद्यालय खोज्ने निर्णय भएको छ’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘सम्बन्धीत विद्यालयले पेश गर्ने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विद्याय संञ्चालन गर्ने मोडालिटी अध्ययनगरी स्वीकृत गरिने छ ।’
विद्यालय संञ्चालन कार्यढाँचा, ०७७ को आधारमा बेनी नगरपालिकाले पनि सम्बन्धीत विद्यालयहरुलाई नै संञ्चालन गर्ने मोडालिटी माग गरे अनुसार बेनी नगरक्षेत्रका निजी तथा सामुदायीक विद्यालयले शुक्रवार अभिभावक तथा संञ्चालकहरु विच छलफल र वैठक गरी आ–आफ्ना क्षमता अनुसारका मोडालिटी बनाउन जुटेका छन ।
‘हामीले आफ्नो स्वास्थ्य सरक्षा मापदण्डा पालना र विद्यालय संञ्चालनको मोडालिटी तयार गरी आगामी सोमबारदेखी विद्यालय औपचारिक रुपमा खोल्ने तयारीमा छौ’ लिटल गाडेन एकेडेमीका प्रिन्सीपल दीपक सुवेदीले भने, ‘आईतवारसम्म नगरपालिकाबाट मोडालिटी स्वीकृत भै सक्ने र सो दिनसम्म लामो समयदेखी छुटेका विद्यार्थी र शिक्षकहरु समेत विद्यालयको सम्पर्कमा आई सक्ने छन ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
