- Loading...
के हो ओलीलाई च्याप्ने ‘स्मार्ट गेम’?
- पुनहिल डट कम
- ४ साल अघि
- २३९ पटक पढिएको

यसपालि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली गतिलो ट्रयापमा परेका छन्।
यसपटक किन कसैले पनि ओलीको सिधै राजीनामा माग नगरी राजीनामाको ठूलो दवाव परेको छ त?
उनी एउटा ‘स्मार्ट गेम’ भित्र चेपिएका कारण यस्तो अवस्थामा पुगेका हुन्। राजनीतिमा धेरै चासो राख्नेहरु सबैले यतिबेलासम्म बुझिसकेका छन् कि ओलीलाई कसले हटाउन खोजेको छ भन्ने कुरा।
ओली स्वयं पनि सो कुरा सार्वजानिक गर्न नसकेर मुर्मुरिएका छन् तर उनले त्यो कुरा ओकल्न नसकेर उनी यतिखेर हैरान भएको हुनुपर्छ। उनीमात्र होइन, उनका आसपासका नेताहरु पनि ओलीको उकुसमुकुस बोलिदिन सक्ने अवस्थामा छैनन्।
के हो त ओलीको उकुसमुकुस ?
केही महिनाअघि आफ्नो सत्तालाई अप्ठेरो परेको बेलामा ओलीले बेहिसाव बोलिदिएका थिए- भारत र उनका नेपाली सहयोगीहरुले मलाइ हटाउन खोजेका छन्, मेरो राजीनामा मागेका छन् भनेर। उनको भनाइले ठूलो तरंग ल्याइदिएको थियो पार्टीभित्र र बाहिर पनि। प्रचण्डले भारतले होइन मैले राजीनामा मागेको हुँ भन्नु परेको थियो।
विगत केही वर्षदेखि नै ओलीले नेपालीको मनोभावना बुझेर आफूलाई राष्ट्रिय नेताका रुपमा उभ्याएका हुन्। सामान्यतया नेपालीहरुमा भारतले आफूहरुलाई हेपेको मनोभावना छ। जताततै सिमाना मिचिएका छन् र सत्तासीनहरु भारतले मिचेको सिमानाका बारेमा एकशब्द पनि बोलिदिँदैनन् मात्र होइन सानोभन्दा सानो काममा पनि भारतीय हस्तक्षेपलाई निम्ता दिन्छन्, भारतले जे भन्यो त्यही गरिदिन्छन्। सन् २०१५ को अमानवीय नाकाबन्दी जे भन्यो त्यही नमानिदिँदाको परिणति थियो र त्यो नमान्ने अभियानका नेता थिए-ओली।
त्यसयताका दिनहरुमा ओलीले सोही स्पिरिट पक्रिए र पार्टीलाई देशको एक नम्बार पार्टीका रुपमा नेतृत्व गरे। उनले बर्षौंदेखि जकडिएको कालापानी विवादलाई एकतर्फी नै सही एउटा मोड दिए, देशको नयाँ नक्सा पारित गराए, भित्रभित्रै चित्त नबुझे पनि देशका सबै दलहरु राष्ट्रियताका सन्दर्भमा एक ठाउँमा आउन बाध्य भए–मधेशी दलहरु समेत। राष्ट्रियताका सन्दर्भमा दह्रो अडान प्रस्तुत गर्न थालेका ओलीलाई सके सत्तारोहणबाट रोक्न नसके कार्यकाल पूरा गर्न नदिई बीचैमा पदच्युत गर्न धेरै पहल भए तर सम्भव भएको थिएन।
नेपालमा ओलीको विरोध गरेर उनलाई पदच्युत गर्न नसकिने निष्कर्षमा भारतको संस्थापन पक्ष पुग्यो। उनलाई चेपुवामा नपारी सत्ताच्युत गर्न सम्भव नभएपछि नयाँ रणनीति आवश्यक थियो उनीहरुका निम्ति। ओलीका मागप्रति सकारात्मक भएर एकातिर वार्ताको शुरुवातको घोषणा गर्ने र ओलीको मुख टाल्ने।
अर्कातिर ओलीलाई सत्ताच्युत गर्न उपलब्ध सबै अस्त्रहरु प्रयोग गर्ने। हालसम्म औपचारिक वार्तासमेत निषेध गरेर बसेको भारतले वार्ताको प्रारम्भ गरेर, दुईदेशबीच सीमा समस्याको समाधान प्राप्त प्रमाणका आधारमा गर्ने प्रस्ताव गरेर भारतको माइक्रो मेनेजमेण्टविरुद्ध चर्को बोल्ने ओलीको मुख टालिदियो।
ओलीलाई भेट्न दलबलसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा रअ प्रमुख सामन्त गोयल आए र ओलीलाई मात्र भेटेर फर्किए। उनले ओलीसँग सीमा विवादबारे ओलीको धारणा धैर्यपूर्वक सुने र मोदी समस्या समाधानका लागि पहल गर्न तयार भएको सन्देश दिए। भारतीय सेनापतिको नेपाल भ्रमणमा पनि मोदीको यही सन्देश ओलीसमक्ष पुग्यो। आफ्नै कार्यकालमा बर्षौं पुरानो सीमा विवाद समाधान हुन्छ भने मुलुकका लागि ठूलो काम हुन्छ भन्ने ठान्ने अवस्थामा ओली पुगेका छन्।
र, उनी रअका पूर्वप्रमुख संजीव त्रिपाठीसहितको जासुसहरुको एउटा टोली त्यहीबेला आफ्नो सत्ताका विरुद्ध राजधानीमा सक्रिय रहेको वास्तविकता बोल्न नसकेर प्याकप्याक्ती परेर बसेका छन्। भारतको स्मार्ट मुभअनुसार, भारतीय विदेश सचिवको नेपाल भ्रमण तय भइसकेको छ भने भारतीय विदेश मन्त्री पनि सीमा समस्या समाधानका उपाय खोज्न वार्ताका लागि नेपाल आउने जानकारी भारतीय पक्षले दिएको छ।
यी एकपछि अर्को गर्दै भारतले दिएका सन्देशले ओलीमा भारतले कतै आफ्नो कुरा सुनिदिएर कालापानीको मुद्दालाई दुईपक्षीय वार्ताको विषय बनाउने र नेपालले आफ्ना प्रमाण राखेको कुरा दुईपक्षीय सम्बन्धमा दस्तावेजीकृत गर्ने आशा पलाएको देखिन्छ। यही ‘मृगतृष्णा’ का कारण उनी आफ्नो सत्ता गिराउन भारतीय जासुसहरुले गरेको खेलको विरुद्ध बोल्ने आँट गर्न सकिरहेका छैनन्।
बोले भारत भड्किने र फेरि वार्ताको वातावरण बिग्रिने डरले राम्रैसँग काम गरेको देखिन्छ। उनीमात्र होइन उनी निकटका नेताहरु पनि भारतले ओली सत्ताविरुद्ध चलखेल गरेको कुरा सार्वजनिक रुपमा बोल्न आनाकानी गरेर बस्नुमा तै भारतलाई सीमावार्तामा सामेल गरेर कम्तिमा देशको मुद्दालाई औपचारिकता दिन सकिन्छ कि र यही कारण ओलीलाई ‘महान् नेता’ भनाउन सकिन्छ कि भन्ने आशाले काम गरेको देखिन्छ।
किनकि गोयलकै समयको हाराहारीमा काठमाडौं आएका पूर्वप्रमुख त्रिपाठीसहितको टोलीले ओलीविरोधी मत दह्रो बनाउन र अब आइन्दा ओलीलाई सानो पनि मौका नदिन ठूलो चलखेल गरेको कुरा ओली र उनका समर्थकहरुमाझ लुकेको छैन।
भारतीय चलखेलले ओलीको राष्ट्रवादी छविमा ठूलो धक्का पनि दिएको छ किनकि रअका प्रमुख गोयल ओलीसँग गोप्य वार्ता गर्न आएको कुरा हल्ला गर्दै आए र ओलीविरोधी प्रचार तीब्र बनाएर फर्किए।
यस्तो परिस्थितिको चंगुलमा फसेका ओलीले पूर्वएमाले नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमसँग पद बाँडफाँडको प्रयास गरे पनि त्यो सम्भव हुनसक्ने देखिएको छैन। यतिमात्र होइन उनकै पक्षमा देखिएका गृहमन्त्री रामबहादुर थापा बादल पनि प्रचण्डकै लाइनमा समर्थन गर्ने गरी पल्टिए भने आश्चर्य मान्नु पर्ने छैन।
किनकि, सचिवालयमा ओलीमाथि चर्को प्रहार गरेर प्रचण्डले पेश गरेको प्रतिवेदनमा गृहमन्त्री बादलको समेत अग्रिम सहमति भएको र उनलाई पढ्न दिएर स्वीकृति लिएपछिमात्र प्रचण्डले सचिवालयको बैठकमा पेश गरेको तर्कका आधारमा बादल प्रचण्डसँगै रहनेमा पूर्वमाओवादी नेताहरु ढुक्क देखिएका छन्।
पूर्व एमाले नेताहरुमध्ये माधव नेपाल गत महाधिवेशनमा ओलीका प्रतिष्पर्धी नै भए र झिनो मतले पराजित थिए। त्यसयता ओलीले नेपाललाई अप्ठेरोमा पार्न र उनको गुटलाई कमजोर बनाउन पटक पटक अनेक प्रयास गर्दै आएकै छन् जसलाई नेता नेपालले राजनीतिमा आफ्नो तेजोबधको प्रयासका रुपमा लिएका छन्।
उपाध्यक्ष वामदेव गौतम पनि ओलीको यस्तै रणनीतिक चालको शिकार हुँदै आएका छन् र हुँदा हुँदा सर्वोच्च अदालतले आदेश आउनुमा पनि ओली नै जिम्मेवार भएको अपजस लगाउने अवस्थामा पुगेका छन् जुन आदेशले केही हप्तासम्म गौतमको राष्ट्रिय सभा सदस्य पद र सो हैसियतमा सम्भावित उपप्रधानमन्त्री अर्थमन्त्री हुने प्रयासमा पूर्णविराम लगाइदियो।
त्यसैले यो मौका प्रचण्डका लागि महत्वपूर्ण र अन्तिम पनि हुनसक्छ ओलीलाई किकआउट गर्नका लागि। त्यसैले उनले आफू प्रधानमन्त्री र सेरोमोनियल पार्टी अध्यक्ष बन्ने तथा माधवकुमार नेपाललाई पार्टीको कार्यकारी अध्यक्ष बनाउने आन्तरिक सहमति गरेको कुरा पनि सतहमा आएको छ।
दीर्घकालीन महत्वका केही कामहरु गर्न सकेपनि ओली सरकारले जनतालाई तत्काल परेको अप्ठेरोहरुमा राहत दिन सकेको छैन मात्र होइन कतिपय भ्रष्टाचारीहरुलाई प्रश्रय दिएर सत्ताको साझेदार बनाएको कुराले जनतामा निराशा थपिदिएकै छ।
यतिमात्र होइन उनका केही सल्लाहकारहरु र सहयोगी नेताहरुले पार्टीका अन्य नेता, कार्यकर्ता तथा सर्वसाधारणसँग गर्ने ‘हेपाहा’ व्यवहारले ओली र उनको टीमकै अलोकप्रियता चुलिएको छ। त्यसैले सबैतिरबाट ओली चेपुवामा परेका छन् अहिले। यो मौकालाई उनका विपक्षी प्रचण्डले कसरी प्रयोग गर्लान् र ओलीराजको अन्त्य गर्लान्? यो समाचार टिप्पणी डिसी नेपाल डटकममा प्रकाशित छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
