Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

कोभिडबाट असर परेको व्यवसायलाई ५० अर्बको राहत कोष स्थापना

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३२० पटक पढिएको
कोभिडबाट असर परेको व्यवसायलाई ५० अर्बको राहत कोष स्थापना

कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायका श्रमिकहरुको पारिश्रमिक भुक्तानी र व्यवसायलाई निरन्तरता दिन सञ्चालन पुँजी उपलब्ध गराउन सरकारले व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ।

अर्थ मन्त्रालयको प्रस्तावमा कोभिड १९ बाट प्रभावित भएका उद्योग व्यवसायको व्यावसायिक क्रियाकलापलाई निरन्तरता दिने उद्देश्यबाट ५० अर्बको कोष स्थापना गर्नेगरी मन्त्रिपरिषद्को बैठकले व्यवसायिक निरन्तरता कर्जा प्रवाह निर्देशिका कार्यविधि २०७७ स्वीकृत गरेको हो।

कार्यविधिअनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायको निरन्तरता दिन सरकारले नेपाल राष्ट्र बैंकमा आवश्यक रकमको व्यवस्था गर्नेछ। बिहीबार अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उक्त कोषमा नेपाल सरकार, नेपाल सरकार मातहतका आंशिक वा पूर्ण स्वामित्वमा रहेका संस्थाहरुको तर्फबाट निक्षेप संकलन गरी रकम जम्मा गरिने बताए।

उक्त रकम कोभिडबाट प्रभावित उद्योग व्यवसायलाई निरन्तरता दिन र श्रमिक कर्मचारीको तलब भत्ता उपलब्ध गराउन सहुलियत कर्जाको रुपमा बैंकहरुमार्फत उपलब्ध गराइने सचिव ढुंगानाले बताए।

भने, ‘कार्यविधिअनुसार अब नेपाल सरकार र मातहतका आंशिक वा पूर्ण स्वामित्वमा रहेका संस्थाहरुको तर्फबाट ती निकायमा रहेको रकमलाई परिचालन गरेर नेपाल राष्ट्र बैंकमा एउटा खाता खोलिने छ, जुन खाता ५० अर्ब रुपैयाँको रहनेछ। जुन खाताबाट बैंक तथा वित्तीय संस्थामार्फत कोभिडबाट प्रभावित भएका उद्योग व्यववसायलाई ती उद्योग व्यवसायमा कार्यरत कर्मचारीहरुका लागि आवश्यक पर्ने तलब भत्तालगायत अनिवार्य दायित्वको भुक्तानी गर्ने प्रयोजनका लागि त्यसैगरी ती उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिद गर्न त्यस्तै ती उद्योगले तिर्नुपर्ने धारा, बिजुली, पानी, टेलिफोनलगायत अन्य दायित्वको व्यवस्थापन गर्न कोषबाट रकम लिन सक्ने, कर्जा लिन सक्ने व्यवस्था गरिएको छ।’

कोषमा जम्मा भएको ५० अर्ब रुपैयाँमध्ये कोभिडबाट अति प्रभावित क्षेत्र तथा उद्योग व्यवसायमा ५० प्रतिशत (२५ अर्ब रुपैयाँ) प्रदान गरिने व्यवस्था गरिएको छ। त्यस्तै मध्यम प्रभावित क्षेत्रमा १५ अर्ब रुपैयाँ र कम प्रभावित क्षेत्रमा १० अर्ब रुपैयाँ कर्जा परिचालन हुने पनि सचिव ढुंगानाले बताए।

कर्जा प्राप्त गर्ने व्यवसायीले आफ्नो सम्पत्ति वा परियोजना नै धितो राखेर कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यान्वयनका लागि अत्यन्तै सजिलो व्यवस्था मिलाइएको पनि सचिव ढुंगानाले बताए।

‘यो कार्यान्वयन गर्न एउटा सञ्चालक समिति छ। अर्थसचिवको अध्यक्षतामा महालेखानियन्त्रक, डेपुटी गभर्नर सहितको एउटा कमिटी छ त्यसले काम गर्छ। पैसा राष्ट्र बैंकमा जम्मा हुन्छ र बैंकहरुलाई राष्ट्र बैंकमार्फत उपलब्ध गराइन्छ। बैंकहरुमा सम्बन्धित ऋणीहरुले कर्जा प्राप्त गर्न सक्नुहुन्छ। बिनाकुनै झण्झट, सहज ढंगबाट प्रभावितहरुलाई दिन सकिने सीमा सम्मको रकमहरु उपलब्ध गराउने व्यवस्था मिलाइएको छ,’ उनले भने।

यस्तो कर्जा दुई वर्षका लागि उपलब्ध हुने छ भने पहिलो वर्ष ५ प्रतिशत ब्याजदर लाग्ने छ भने दोस्रो वर्ष ६ प्रतिशत ब्याजदर कायम हुनेछ। सो कोषमा सरकारले एक अर्ब रुपैयाँ जम्मा गरिसकेको पनि सचिव ढुंगानाले बताए। त्यसबाहेक राष्ट्र बैंक, कार्मचारी सञ्चयकोष, नागरिक लगानी कोष मार्फत समेत निक्षेप जम्मा गरिने पनि उनले बताए। यस्तो निक्षेपमा सरकारले ब्याज अनुदान दिनेछ। यो रकमबाट पर्यटन उद्योग, सेवा क्षेत्र र तीनमा कार्यरत कर्मचारी श्रमिकहरुलाई सहज हुने पनि सचिव ढुंगानाले बताए। thahakhabar.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल